भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुने, आज कर्कट संक्रान्ति

भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुन बताइको छ । एकै महिनामा दुईवटा औंशी तिथि तथा संक्रान्ति र औंंशी तिथि एकै दिन पर्दा त्यस महिनाभर मलमास या पुरुषोत्तममास रहने चलन रहेकोले भोलिबाट मलमास या पुरुषोत्तममास आरम्भ भइ यो महिनाभर मलमास या पुरुषोत्तम मन ज्योतिष तथा आफै ज्योतिष पुस्तकका लेखक विष्णुप्रसाद तिमिल्सिना ‘विमल’ले

बताउनुभएको छ । ‘चन्द्रमाले पृथ्वीको एक फन्को परिक्रमा गर्न २८ दिन जति लाग्ने भएकोले चन्द्र पात्रो अनुसार त्यसलाई एक महिना मान्ने गरिएको छ । ३५३ दिनमा चन्द्रले पृथ्वीलाई १२ फन्को र सूर्यलाई एक फन्को परिक्रमा गर्छ तर पृथ्वीले सूर्यको एक फन्को परिक्रमा गर्न ३६५ दिन ६ घण्टा लाग्ने भएक‍ोले त्यसलाई नै एक वर्ष मान्ने गरिएको छ । चन्द्रमा र पृथ्वीले सूर्यलाई एक फन्को परिक्रमा गर्दा ११ दिन जति फरक पर्ने भएकोले बढी भएका ती दिनलाई जोड्दा सामान्यतया ३३/३४ महिनाको फरकमा मलमास या पुरुष‍ोत्तममास पर्ने गरेको छ’, उहाँँको भनाइ छ ।

३६५ दिन ६ घण्टाको १ वर्ष हुने भएकोले अंग्रेजी महिना अनुसार भने हरेक ४ वर्षमा १ दिन बढी हुने भएकोले त्यो १ दिन बढी भएको फेब्रुअरी महिनालाई अधिक महिना मान्ने गरिएको देखिन्छ ।

आज साउने संक्रान्ति । दक्षिणयान भएको सूर्य आज कर्कट रेखामा पुग्ने भएक‍ोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ ।

आज सोमबारे औंंशी परेक‍ाले कतिपय बुढापाकाले बिहानै कसैसँग नब‍ोली नुहाईधुुवाई गर्नुपर्छ भनेको सुन्ने गरिएको छ ।

Leave a Reply