आज शेर्पा , हेल्मो लगायतका हिमाली समुदाय ग्याल्पो ल्होसार मनाउदै छन । नयाँ वर्षको रुपमा फाल्गुण शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्षको रुपमा उनीहरु शुभकामना आदानप्रदान गरी खुशीयाली साथ ग्याल्पो ल्होसार मनाउदै छन् । दुई हप्ता अगाडिदेखि ग्याल्पो ल्होसारको तयारी गर्ने चलन छ । ग्याल्पो ल्होसारको अवसरमा घर लिपपोत गरि सरसफाई गर्ने लगायतका कार्य गर्ने गरिन्छ।
आज विहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्नीच्युटको भूकम्पले भने उनीहरुमा त्रास उत्पन्न गरेको छ ।





