आज नेपाल र ज‍ोर्डन बीच वाफ महिला च्याम्पियनसीपको फाइनल भिडन्त हुने

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीप (WAFF Women’s championship)को फाइन खेल आज नेपाली समय अनुसार राती ९:४५ बजेबाट प्रिन्स अब्दुल्लाह स्टेडियममा हुने भएको छ । ज‍ोर्डन समूह ‘ए’ को विजेता हो भने नेपाल समूह बी को विजेता हो । दुबै टोलीले ४ वटै खेल जितेका छन् । नेपालले जारी प्रतियोगितामा १५ ग‍ोल गरेको छ भने २ गोल खाएको छ । यस्तै जोर्डनले १३ गोल गरेको छ भने १ गोल खाएको छ । ५ पटक यो प्रतियोगिता जितेको जोर्डन डिफेण्डिङ च्याम्पियन ह‍ो तर नेपाल भने यो प्रतियोगितामा आमन्त्रित ट‍ोलीको रुपमा पहिलो पटक खेेल्दैछ । दुबै टोली आजको फाइनल खेेल जितेर इतिहनस रच्ने दाउमा हुनेछन् । दुबै टोली प्रतियोगिताका सबै खेल जितेर फाइनल पुगेकोले आजको खेल निकै रोमाञ्चक हुुने अपेक्षा गरिएको छ तर आजको खेलमा नेपाली स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ को अनुपस्थितिको सम्भावनाले नेपाली दर्शकमा निराशा देखिएको छ ।

जारी प्रतियोगितामा नेपालकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ले सिराया बिरुद्ध १, प्यालेष्टाइन बिरुद्ध २, इराक बिरुद्ध ५ र लेवनान बिरुद्ध १ गरि ९ गोल गरेकी छन् भने उनलाई पछ्याएकी जोर्डनकी मायसा जाबरहले ५ गोल गरेकी छन् । देशका लागि एउटै प्रतिय‍ोगितामा ५ गोल गर्ने भण्डारी दक्षिण एसियााकै पहिलो महिला फुटबल खेलाडी बनेकी छन् । भण्डारीले ४६ खेलबाट देशका लागि ५३ गोल गरेर दक्षिण एसियामै सर्बाधिक गोल गर्ने महिला खेेलाडी बनेकी छन् ।

यस्तै मंगलबार सम्पन्न यो प्रतियोगिताको सेमिफाइन खेलमा नेपालकी मिडफिल्डर प्रीति राईले लेबनान बिरुद्ध इञ्जुरी समयको अन्तिम मिनेटमा ३० यार्ड टाढाबाट बल प्रहार गरी सानदनर गोल गरेर नेपाललाई फाइनल प-याउन निर्णायक भूमिका खेलेकी थिइन्, जुन खेलमा नेपाल २-१ गोल अन्तरले विजयी भयो । खेलको ३८औं मिनेटमा नेपालकी डिफेण्डर पूजा रानाले आफ्नै गोलरक्षकलाई दिएको व्याक पास आफ्नै गोल पोष्टमा छिरेपछि नेपाल १-० गोल अन्तरले पछि परेको थियो तर खेलको ७६औँ मिनेटमा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ले गोल गरेर नेपाललाई बराबरी अबस्थामा पु-याएकी थिइन् । मिडफिल्डर प्रीति राई यो प्रतियोगितामा खेलेका ४ वटै खेलमा राम्रो खेल प्रदर्शन गरेर दर्शकको नजरमा परेकी छन् ।

यो प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले खेलेको खेल प्रदर्शनले नेपाली फुटबलप्रति आशा जगाएको छ ।

Leave a Reply