आज नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुने

नेपाल सरकरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ । निर्धारित कोडको पोशाक लगाएर आजको संघीय संसदको बैठकमा अपरान्ह ३:४५ बजे पुग्न सांसदहरुलाई सूचना गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

संधीय संसदको दुबै सदनको संयुक्त बैठक शुरु हुनु अघि राष्ट्रिय सभाको बैठक बस्ने कार्यसूची रहेको बताइएको छ ।

राष्ट्रपति पौडेलको संघीय संसद यात्राको प्रतिक्षा

नेपाल राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक संघीय संसद जान लागेका राष्ट्रपति रामचन्द्र पौडेलको राष्ट्रपति कार्यालय र संघीय संसद भवन बीचको ओहोर दोहोर कस्तो हुने हो भनेरधेरैले प्रतिक्षा गरिरहेक‍ देखिएको छ । सुधार गर्ने बताएका राष्ट्रपति पौडेलले पूर्ववती राष्ट्रपतिले जस्तै गरेर यात्रा गर्नु हुने या त्यसमा सुधार हुन्छ कि ! त्यो भने हेर्न बाँकी नै छ ।

सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

यता बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको प्रश्नको जवाफ दिनु भएको थियो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विद्यमान भ्रष्टाचारको छानविन गरि दोषी माथि कारवाही कारवाही गरी दण्डहिनता र बेथीति हटाएर देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो

Leave a Reply