आज विश्व अटिजम दिवस मनाइदै

बालबालिकाको मस्तिष्क विकासमा पर्ने असरका बारेमा जनचेतना फैलाउने उद्देश्यले आज विश्व अटिजम दिवस मनाइँदैछ । हरेक वर्षको अप्रिल २ तारेकमा य‍ो दिवस मनाउने गरिएको छ ।

अटिजमले बालकालिकाको मस्तिष्क विकासमा असर गर्ने गर्दछ । काममा व्यस्त भएर आफ्ना नानीबाबुहरुलाई पर्याप्त समय दिएर उनीहरुका क्रियाकलापमा सहभागी हुन नसक्ता अटिजमको समस्या भएका बालबालिकामा अटिजम थप बढ्ने गरेको जानकारहरु बताउछन् । बच्चासँगै खेल्ने र उनीहरुलाई बढी भन्दा बढी बोल्न अभ्यास गराउनाले जस्ता क्रियाकलापले बालबालिकामा हुने अटिजमको समस्या न्युनिकरण गर्न सकिने ने उनीहरु बताउछन् । अटिजम भएपछि बच्चा एकहोरो हुने , एक्लै खेल्न र रमाउन चाहने , अरुलाई मतलब नगर्ने जस्ता समस्या देखिने गरेको छ तर उनीहरुमा शारीरिक रुुुपमा भने खासै समस्या पाइदैन ।

Leave a Reply