२१०औँ भानु जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ति विभिन्न कार्यक्रम गरि मनाइदै छ । विशेषगरि नेपाली भाषा र साहित्यसँग सम्बद्ध संघ/संस्था लगायतले भानु जयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरेको बताइएको छ ।

वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका आदिकवि भानुभक्त आचार्यको कालो ज्वरोले थलिएर वि.सं.१९२५ अस‍ोज ६ गते तनहुँको सेतीघाटमा मृत्यु भएको थियो । सुब्बा धनञ्जय आचार्यका छ‍ोरा भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट घरैमा संस्कृतको प्रारम्भिक शिक्षा अध्ययन गरेका थिए । सामन्य परिवारमा जन्मेका भानुभक्त घाँसी प्रेरणाले नेपाली साहित्य सृजनामा लागेका थिए । उनले संस्कृत भाषाक‍ो रामायणलाई नेपाली भाषाको झ्याउरे लयमा उल्था गरेर त्यसलाई जनमानसमा पु-याएका थिए । यसका साथै उनले प्रश्नोत्तर, बधुशिक्षा, भक्तमाला, रामगीता जस्ता साहित्यिक कृति लेखन र फुटकर कविता रचना गरेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेका छन् तर आजकाल उनको बधुशिक्षालाई भने कतिपय महिलाहरुले आलोचना गरेको सुनिने गरेको छ । २ वर्ष सरकारी सेवामा समय विताएका भानुभक्तले कुमारी चोकको हिसाब मिलाउन नसकेर काराबासको सजाय पाइ कारागारमा बस्नु परेपछि त्यसबेला सरकारी कार्यशैली लगायतक‍ो चित्रण गरि कविता लेखेका छन् ।

नेपाली भाषा साहित्यको प्राथमिक कालका केन्द्रीय कवि भानुभक्तले रामभक्ति धारालाई आत्मसाथ गरि साहित्य सृजना गरेको जानकारहरु बताउछन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त यतिबेला स्वदेशमा मात्रै नभइ विदेशमा पनि सम्मानित बनेका छन् । विभिन्न स्थानमा उनका शालिक बनाइएका छन् ।

उनको उनी र उनका कृतिलाई जनमानसमा पु-यनउने काम भने छापाखानाको माध्यमकाट युवाकवि म‍ोतिराम भट्टले गरेका थिए ।

Leave a Reply