आर्थिक संरचना रिफर्म गर्ने : अर्थ मन्त्री महत, २०७२ सालदेखिको बजेटको भाषा एउटै छ : अर्थ विद

अर्थ मन्त्री डा. प्रकाशशरण महतले ‘देशको आर्थिक संरचना रिफर्म गर्नु पर्ने छ र साधारण खर्च कटौती गरि पूजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान गर्नु पर्ने छ’, भन्नुभएको छ । शनिबार काठमाडौंमा आय‍ोजित आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटक‍ो सन्दर्भमा छलफल तथा सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री महतले बजेट निर्माणका सन्दर्भमा प्राप्त भएका सुझावलाई बजेटमा समावेश गर्न कोशिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वर्षको ८ महिना सुतेर बस्ने बाँकी समय काम नगर्ने परिपाटीलाई इ्गित गर्दै नयाँ आर्थिक वर्षको शुरुको फष्ट क्वाटरमा कार्य शुरु गर्नु पर्ने बताउनुभयो ।

नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल, राष्ट्रिय य‍ोजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय , केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख डा. शिवचन्द्र अधिकारी र लुम्विनी प्रदेश सरकारका आर्थिक सल्लाहकार लक्ष्मण न्य‍ौपानेले कार्यपत्र प्रस्तुत गर्दै २०७२ साल यताका सबै बजेटको कतै कतै शब्द मात्रै फरक तर भाषा एउटै रहेको बताउनुभयो । कार्यक्रमका बक्ताहरुले वित्तीय असन्तुन बढिरहेकोले त्यसलाई नियन्त्रण गर्नु पर्ने, अनावश्यक साधारण खर्च घटाउनु पर्ने , अधिकतम जनतालाई लाभ दिन सक्ने आयोजनालाई प्राथमिकता दिएर अगाडि बढाउनु पर्ने लगायतका सुझाव दिएका थिए । उनीहरुले बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरि ल्याउनु पर्ने बताएका थिए ।

अर्थशास्त्र विषयका प्राध्यापक तथा विद्यार्थीहरु लगायतको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुले पनि कार्यपत्र माथि टिप्पणी गर्दै आगामी आर्थिक वर्षक‍ो बजेटमा समावेशका लागि सुझाव दिएका थिए । कार्यक्रम आय‍ोजकले कार्यक्रममा प्राप्त भएका सुझाव अर्थ मन्त्रीलाई बुझाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा १६औं पञ्च वर्षीय योजना निर्माण भइरहेको जानकारी दिइयो ।

Leave a Reply