आशाको दियो बन्दै अर्जेन्टिनी फुटबलर जुलियन अल्भारेज

अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य तथा इङ्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेज फुटबल खेलमा गरेको योगदानका कारण यतिबेला फुटबल प्रेमीहरु बीच चर्चमा छन् । गएको शुक्रबार राती साउदी अरेबियामा सम्पन्न इङ्लिस क्लव म्यानचेष्टर सिटी र ब्राजिलियन क्लब फ्लुमिनेन्स बीचको क्लब विश्वकप फुटबल खेलमा म्यानचेष्टर सिटी ४-० गोल अन्तरले फ्लुमिनेन्सलाई हराएर पहिलो पटक क्लब फुटबलको विश्व च्याम्पियन बन्यो , जसका लागि अल्भारेजको महत्वपूर्ण योगदान रह्यो । म्यानचेष्टर सिटीको फ्रण्टलाइनमा रहेर खेलेका २३ वर्षीय फरवार्ड अल्भारेज फ्लुमिनेन्स बिरुद्ध २ गोल र १ गोललाई असिष्ट गरेर सो खेलको म्यान अफ द म्याच बने ।

आफ्नो देश र क्लबका लागि फुटबल खेल्दै आएपनि सन् २०२२ को विश्वकप फुटबल खेल अगाडि खासै चर्चामा नरहेका अल्भारेज सो विश्वकपमा खेलेको फुुुटबल खेलका कारण त्यसयता चर्चामा छन् । सन् २०२२ को कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा त्यसमा अल्भारेजको योगदान पनि महत्वपूर्ण रहेको थियो । यो विश्वकपमा अर्जेन्टिनाको लागि ४ गोल र गोलका लागि असिष्ट गरे । त्यसयताका राष्ट्रिय टोली र इङ्लिस क्लव म्यानचेष्टर सिटीबाट खेलेका खेलमा उनले राम्रो खेल खेल्दै आएका छन् । यो एक वर्ष भित्र अल्भारेजले राष्ट्रिय टोलीको १ र म्यानचेष्टर सिटीको ३ गरी ४ उपाधि जीतमा उनको महत्वपूर्ण योगदान गरे । यही कारण विश्व फुटबलमा अल्भारेजलाई स्टार खेलाडीको रुपमा सबैले आशाको नजरले हेर्न थालेका छन् ।

Leave a Reply