उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ, छोरा सहित एमाले सचिव रायमाझीलाई पक्राउ पूर्जी

नक्कली भुटानी शरणार्थी आवरणको ठगीमा सम्लग्न भएको अभिय‍ोगमा आज प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेेलाई पक्राउ गरेक‍ो छ भने उपप्रधानमन्त्री भइसकेका नेकपा (एमाले)का सचिव तथा सांसद ट‍ोपबहादुर रायमाझी र उहाँका छ‍‍‍ोरा सन्दीप रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले बोलाएपछि सचिव पाण्डे आफै काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेको सो परिसरले जनाएको छ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृह मन्त्री बालकृष्ण खाणको जोडबलमा वि.सं.२०७८ साउन २७ गतेदेखि २०७९ अस‍‍‍‍ोज २ गतेसम्म गृह मन्त्रालयको सचिव रहेका पाण्डेको नक्कली भुटानी शरणार्थीको ठगी धन्दामा सम्लग्नता रहेक‍ो सोही अभिय‍‍‍ोगमा यस अघि प्रहरीले पक्राउ परेका व्यक्तिहरुले प्रहरीलाई दिएको बयानका आधारमा सचिव पाण्डेलाई पक्राउ गरेको प्रहरीको भनाइ छ तर सचिव पाण्डेले भने आफू माथि लागेको सो आर‍‍‍ोप अस्वीकार गर्नु भएको छ ।

उक्त अभिय‍ोगमा यस अघि प्रहरीले नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृह मन्त्री हुदा २०७४ फाल्गुणदेखि २०७८असारसम्म उहाँका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजीत राईसँगै टंककुमार गुरुङ , सानु भट्टराई, केशव दुलाल , सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको छ भने पक्राउ परेका डा.इन्द्रजीत राईका छोरा नीरज राईलाई पक्राउ पूर्जी जारी गरेको बताइएको छ । यो ठगी प्रकरणमा नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का छ‍ोरा प्रतिक थापाको पनि सम्लग्नता रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

यो प्रकरणमा ठगिएका पीडितहरुले एक महिना अगाडि संगठित अपराध र ठगी गरेक‍ो भन्दै ङा.इन्द्रजीत राई लगायत विरुद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले यो प्रकरणमा गृह मन्त्रालयसँग सम्बद्ध व्यक्तिहरु लगायतको सम्लग्नता रहेको निश्कर्षमा पुगेपछि उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले डा.राईलाई हिजो आफ्नै घरबाट पक्राउ परका थिए भने अदालतको अनुमती लिएर सचिव पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा ९ सय जना व्यक्ति ठगिएको खबर सार्वजनिक भएको छ ।

Leave a Reply