उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे निलम्वनमा

नेपालीलाई भुटानी नागरिकको आवरणमा अमेरिका पठाउने भन्दै रु.१० लाखदेखि ५० लाख रुपैयासम्म ठगी गर्ने गिर‍ोहमा सम्लग्न भएको अभिय‍‍‍‍ोगमा हिजो प्रहरी हिरासतमा रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे निलम्वनमा परेको संघीय मामिला तथा सामान्य प्रशास मन्त्रालय श्रोतले जनाएको छ ।

अदालतबाट ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती पाएको नेपाल प्रहरीले निलम्बनमा परेका सचिव पाण्डेलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखेको जनाएको छ ।

एक महिना अघि १२३ जनाले ठगी तथा संगठित अपराध गरेको भन्दै पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई लगायतका विरुद्ध प्रहरीमा १७ वटा उजुरी दिएपछि प्रहरीले गरेको अनुसन्धानमा द‍‍ोषी देखिएको भन्दै निलम्वनमा परेका सचिव पाण्डे सहित ८ जनालाई पक्राउ गरेको छ भने सांसद टोपबहादुर रायमाझी सहित ३ जना विरुदध पक्राउ पूर्जी जारी गरेको बताइएको छ ।

अनुसन्धान गर्दै जादा अरु कोही दोषी पाइए तिनलाई पनि कारबाही गर्ने नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतको भनाइ छ । यो प्रकरणमा द‍ोषी पुष्टि भए कसैलाई पनि नछनडिने गृह मन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *