ऋषि कट्टेल नेतृत्वको नेकपाले विसु अभियान सञ्चालन गर्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ६ महिने विसु अभियान सञ्चालन गर्ने भएको छ । स‍ो पार्टीका अध्यक्ष ऋषि कट्टलले अलगपथसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीको यही बैशाख ९ र १० गते विराटनगरमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीले संसदवादको विरोध र नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरि समाजवादी बाटोमा अगाडि बढ्ने पक्षमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग सिद्धान्तनिष्ट पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी सहितको समाजवादी देशभक्त मोर्चालाई थप बलियो बनाउन नेपाल कम्युनिष्ट पार्टीले सक्दो पहल र प्रयत्न गर्ने तथा मुलुकको राष्ट्रिय स्वाधिनता, अग्रगमन र जनजीवीकाको पक्षमा जनसंघर्ष अगाडि बढाउन विशेष पहल गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गरौँ, संसदवाद तथा विसर्जनवादलाई परास्त गरी नपाँ जनवादी गणतन्त्र स्थनवना गर्न संयुक्त जनसंसघर्षको विकास गरौँ ।” भन्ने नाराका साथ सम्पन्न सो सम्मेलनले संसारभरीका उत्पीडित वर्ग , राष्ट्र र समुदायले आफू माथिको श‍ोषण, दमन र उत्पीडनका विरुद्ध गरिरहेका न्यायपूर्ण संघर्षप्रति ऐक्यबद्धता जनाएको बताइएको छ ।

उक्त सम्मेलनले पुन: ऋषि कट्टेल अध्यक्ष र आर.बी. भण्डारी उपाध्यक्ष रहने गरी नेपाल कम्युनिष्ट पार्टीको १७ सदस्यीय केन्द्रीय सचिवालय र ५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको बताइएको छ । उक्त पार्टीको केन्द्रीय सचिवालय सदस्यमा हरिदेव ज्ञवाली, रत्नप्रसाद ज‍ोशी, कृष्णहरि भट्ट, राजेश बान्तवा , खेमनारायण ढुंगाना, एमके ए., एके कार्की , सतिलाल भौधरी, शशिकला घिमिरे, राजकुमार खत्री,राजकुमार थापा , शारदा श्रेष्ठ , सत्यनारायण मुखिया , विपत्ति मण्ङल र रविन्द्र कोइराला हुनुहुन्छ भने केन्द्रीय समिति सदस्यमा कालिदास श्रेष्ठ, रचना शर्मा, शोभा सञ्जेल, पवन खवास , उत्सुक कट्टेल, जीवन्द्र निल गगन , भवानी के.सी., सानू यमबहादुर थापा , जानुका सञ्जेल , नरबहादुर श्रीस, टेकबहादुर शाह, मनिष भट्टराई ,सुमित्रा सिं ठकुरी, अमलासिं शाह, पूजा श्रेष्ठ , मिरा दर्जी, अनिता देवी मुखिया, पुनिता देवी सहानी, साधना कुमारी झा, तुलसी कुमारी थारू, माया देवी राई, बिष्णुप्रसाद ढुङ्गाना, विष्णु बराल, भीम न्यौपाने, राम निरौला ,पी. मिश्र र अनिल भण्डारी रहनु भएको जनाइएको छ । सो केेन्द्रीय समितिमा रिक्त ७ सदस्य पछि सहवरण गर्ने उक्त सम्मेलनले निर्णय गरेको उपाध्यक्ष भण्डारीको भनाइ छ ।

गत फाल्गुणमा यो पार्टीसँग नेकपा (मदन)को पार्टी एकता भएको थियो भने अन्य विभिन्न क्रान्तिकारी कम्युनिष्ट पार्टी , समूह र व्यक्तिहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्न पहल भइरहेको सोही पार्टीका नेताहरुको भनाइ छ ।

Leave a Reply