एक दिवसीय खेल जितेर रच्यो नेपालले इतिहास, बलिङमा छाए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिवियासँगको ४ वटै खेल जितेर नयाँ इतिहास रचेको ‌छ र उसले एक दिवसीय मान्यता कायमै राख्न सक्ने सम्भावना जीवितै राखेको छ । काठमाडौंको त्रि.वि. मैदान, कीर्तिपुरमा भएका ४ वटै खेलमा नेपाली खेलाडीहरुले राम्रो खेल खेलेर नेपाली क्रिकेटको भविष्यको बारेमा आशा जगाएका छन् । कप्तान रोहित पौडेल , कुशल मल्ल लगायतले उत्कृष्ट व्याटिङ गरे । बलिङको तुलनामा नेपाली खेलाडीहरुको व्याटिङ पक्ष राम्रो रहेको खेल विश्लेषकहरु बताउछन् ।

यी ४ खेलमा व्याटिङमा राम्रो गर्न नसकेपनि राम्रो बलिङ गरेर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो आवश्यकता कति छ भन्ने प्रमाणित गरेर देखाए , जसले नाबालिका बलत्कार गरेको अभियोगमा मुद्धा खेपिरहेका सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको भनेर विरोध गर्नेहरुको मुख थुनिएको छ । नामिबिया विरुद्धको पहिलो र दोश्रो खेलमा ३/ ३ विकेट तथा स्कटल्याण्ड विरुद्धको पहिलो खेलमा ३ र दोश्रो खेलमा ४ विकेट लिए र राष्ट्रिय क्रिकेट टोलीका एक्ला उत्कृष्ट बलरका रुपमा यी खेल अवधिभर छाइरहे । उनी ५५ विकेट कटाउने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । यसैगरी यी ४ खेलमा करण के.सी.ले पनि राम्रो व्याटिङ र बलिङ गरेर आफ्नो विकेट संख्या ५२ पु-याएका छन् ।

नेपालले सोही लिग अन्तर्गत अर्को हप्ता यूएईसँग दुबई नेपालले खेल्ने छ तर त्यहाँ सन्दीप लामिछानेले खेल्न नपाउने हुनाले त्यहाँ नेपालको अवस्था के हुने हो भन्ने बारेमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि चिन्ताको विषय बनेको देखिएको छ । यो लिग अन्तर्गत नेपालले अब ८ खेल खेल्न बाँकी छ र एक दिवसीय मान्यता कायम राख्न कम्तीमा ५ खेल जित्नै पर्ने बाध्यता छ ।

यता सन्दीप लामिछानेलाई अदालतले दुबईमा हुने यस लिग अन्तर्गतका खेल खेल्न अनुमती प्रदान गर्नु पर्ने र त्यसका लागि सरकारले पहल गर्नु पर्ने जन दवाव बढिरहेको छ ।

Leave a Reply