एनसेलको शेयर खरीद विक्रीबारे छानविन गर्न नेपाल सरकारद्वारा उच्चस्तरीय समिति गठन

नेपाल सरकारले दूरसञ्चार सेेवा प्रदायक कम्पनी एनसेल (Ncell) को शेयर खरीद विक्रीबारे अध्ययन तथा छानविन गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्माको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको जनाइएको छ । आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सो समिति निर्माण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई बताउनुभएको छ । एक महिना कार्यकाल रहने उक्त समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव बाबुराम भण्डारी , अर्थ मन्त्रालयका रितेशकुमार शाक्य र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ ।

यसैगरी मन्त्रीपरिषदको सो बैठकले रिक्त रहेको खानेपानी तथा महशुल निर्धारण आय‍ोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतम तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्नुका साथै ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’का लागि विश्व बैंकबाट प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्न अर्थ मन्त्रालयका सह-सचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको मन्त्री शर्माको भनाइ छ ।

यता रु.६ अर्वमा एनसेलको शेयर खरीद विक्री भएको समाचार सार्वजनिक भएसँगै केही दिनयता सो विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सहितका समाचनरले तरङ्ग पैदा गरेको छ । एनसेलको शेयर खरीद विक्री कार्य अपारदर्शी तवरबाट भएकोले यसमा आर्थिक अनियमितताजन्य कार्य भएको आशंका गरिएको छ भने कतिपय जानकारहरु यो कार्यमा आर्थिक चलखेल र अनियमितता भएको बताइरहेकन छन् । रु.६ खर्वमा नभइ रु.६६ अर्वमा एनसेलको शेयर खरीद विक्री भएको समाचार पनि सञ्चार माध्यममा सार्वजनिक भएका छन् । एनसेलक‍ो शेयर खरीद विक्री कार्य एकाएक गरिनु अदालतमा विचाराधिन एनसेलको करछली सम्बन्धी मुद्धालाई प्रभावित गर्ने र नेपालमा लगानी गर्ने वातावरण नभएको भनेर अफवाह फैलनउनु उद्देश्यले भएको कतिपय सर‍कोरवालाको भनाइ छ ।

यसै विषयलाई लिएर बुधबार संधीय संसदका सार्वजनिक लेखा समिति र अर्थ समितिका बैठक बसेका थिए । सार्वजनिक लेेखा समितिले एनसेलको शेयर दरीद विक्री रोक्न नेपाल सरकारलाई निर्देशन दिएको छ

भने अर्थ समितिले यसबारे जानकारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बैठकमा नेपाली कांग्रेसमा सांसद अर्जुननरसिंह के.सी. र नेकपा (एमाले)का सांसद योगेश भट्टराईले रु.६ अर्बमा एनसेलको शेयर खरीद विक्री कार्य भएको हो भने त्यो शेयर नेपाल सरकारले खरीद गर्नु पर्ने बताउनुभएको थियो ।

उता कम्पनी रजिष्टारको कार्यालयले संघीय संसदको सार्वजनिक लेेखा समितिलाई बुधबार पठाएको पत्रमा एनसेलको शेयर खरीद विक्री भएको बारेमा जानकारी नभएको उल्लेख छ ।

Leave a Reply