एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ

नककलि भुटानी शरणार्थी प्रकरणमा सम्लग्न भएको भन्दै अदालतको अनुमती प्रहरीले पक्राउ पूर्जी जारी गरे पछि गत बैशाख २० गतेदेखि फरार रहेका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भई सकेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई काठमाडौंको बुढानिलकणठ नगरपालिकाको पासिकोटबाट आज साझ पक्राउ गरेको जनाएको छ । आफ्ना साथी नारायण पौडेलको घरमा बसिरहेको समयमा सांसद रायमाझीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको जनाइएको छ ।

नेता रायमाझी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको भने ३ जना फरार रहेका छन । यो प्रकरणमा पहिले नै पक्राउ परेकाले यसमा नेता रायमाझी र उनका छोरा पनि सम्लग्न रहेको प्रहरीमा बयान दिएपछि नेता रायमाझी र उहाँका छ‍‍ोरा सन्दीप विरुद्ध अदालतको अनुमती लिएर प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । नेता रायमाझीका छोरा सन्दीपलाई गत बैशाख २० गते साझ बुटवलबाट प्रहरीले पक्राउ गरेपनि नेता रायमाझी भने स‍ोही दिनबाट सम्पर्क विहीन भएको प्रहरीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *