एसईईको नतिजा सार्वजनिक, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२,४७५

गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको विद्यालय शउक्षा परीक्षा (SEE)को नतिजा सार्वजनिक भएको छ । यो पटक २२,४७५ जना विद्यार्थीले ३.६०-४.०० जीपीए , ५५,०६९ जना विद्यार्थीले ३.२० देख ३.६०, ७२,३६२ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८८,३३१ जना विद्यार्थीले २.४० देखि २.८० जीपीए, १,०२,२९३ जना विद्यार्थीले २.०० देखि २.४० जीपीए , ८८,४४७ जना विद्यार्थीले १.६० देखि २.०० जीपीए , ३८,७७० जना विद्यार्थीले १.२० देखि १.६० जीपीए र २,२०० जना विद्यार्थीले ०.८० देखि १.२० जीपीए ल्याएको र एनए १३,९९२ जना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  

देशभरका सामुदायिक र संस्थागत (निजी) गरी १२,०८३ विद्यालयका ४,८५,३९६ जना विद्यार्थीले २,०३७ वटा परीक्षा केन्द्रबाट यो परीक्षा दिएका थिऐ ।  जसमा छात्राको संख्गा २,४२,७१२ र छात्रको संख्या २,४२,६७४ थियो।

यस्तै कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन हुदै आएका विद्यालयबाट १५,४६१ जना विद्यार्थीले यो परीक्षा दिएको बताइएको छ ।

विगतका वर्षमा सञ्चालन भएका एसईईको नतिजाको तुलनामा यो पटक सुधार भएको राष्ट्रिय परीक्षा ब‍ोर्डका अञ्यक्ष डा. महाश्रमको भनाइ छ ।

यस पटक फरक हिसाबबाट अंग्रेजी, विज्ञान र गणितको स्तरीकृत परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको भनाइ छ ।

Leave a Reply