ओमानसँग सुपर ओभरमा चुक्ता नेपाल टी ट्वाण्टी विश्वकप एसिया छनौटको उपविजेतामै सिमित

सुपर ओभरमा चुक्ता टी ट्वाण्टी क्रिकेटको विश्वकप एसियाको छनौट खेलमा नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ भने ओमानले यो उपाधि हात पारेको छ । सुपर ओभरमा ओमानले १ विकेट पनि नगुमाई २१ रन बनायो भने नेपालले १ विकेट गुमाएर १० रन मात्रै बनाउन सक्यो ।

आज दिउँसो काठमाडौंको त्रि.वि. क्रिकेट मैदानमा भएको खेलमा पहिले ध्याटिङ गरेको नेपालले १८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले पनि २० ओभरमा ९ विकेट गुमाएर १८४ रननै बनाएपछि खेल बराबरी मा धकेलिऐको थियो । नेपालका लागि गुल्सन झा र रोहित पौडेलले अर्ध शतक बनाए भने स्पीनर सन्दीप लामिछाने र करण के.सी.ले २/२ विकेट लिएका थिए ।

आजको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । यो खेल हेर्न प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रि.वि. क्रिकेट रंगशालामा जानू भएको थियो ।

Leave a Reply