कतार विश्वकप फुटबलमा पनि मेस्सी उत्कृष्ट खेलाडी घोषित

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सलाई पराजित गरी ३६ वर्षपछि अर्जेन्टिनाले तेश्रो पटक फिफा विश्वकप फुटबलको उपाधी जितेको छ । यसैगरी यो विश्वकप फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट खेलाडी घोषित भए । सन् २०१४ को फिफा विश्वकप फुटबलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएपनि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए तर अर्जेन्टिना जर्मनीसँग १-०, गोल अन्तरले फाइनल खेलमा पराजित भएकाले त्यो बेला मेस्सी अहिले जस्तो खुशी हुन सकेका थिएनन् ।

यो विश्वकपमा मेस्सीकै प्रेरणिदायी खेलमा अर्जेन्टिना विजयी भएको हो । यो विश्वकपमा मेस्सीले उत्कृष्ठ प्रदर्शन गर्नुका साथै ५ वटा विश्वकप फुटबलको २६ खेल खेलेर विश्वकप फुटबलमा सबैभन्दा बढी मैदानमा रहेर खेल्ने पहिलो खेलाडी बनेका छन् । यो विश्वकप फुटबलको फाइनल खेलमा २ गोल गरेका मेस्सीले यो विश्वकपमा ७ गोल गरे । ५ वटा विश्वकपमा मेस्सीले १३ गोल गरे भने देशका लागि राष्ट्रिय टोलीबाट कूल ९८ गोल गरेका छन् ।

यो विश्वकप फुटबल जितेसँगै ७ पटकको फिफा बालेन डिओर विजेता मेस्सीलाई देशका लागि केही गरेन , आफ्नो फुटबल करिअर देश बाहिर बसेर बनायो भन्नेहरुका मुख बन्द भएका छन् । सन् २००८ को बेजिङ ओलम्पिक तथा सन् २०२१ को कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको जीतका नायक थिए मेस्सी । बार्सिलोनालाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सी पीएसजीले गत वर्षको लिग वान जित्दा पनि त्यसमा मेसीले महत्वपूर्ण योगदान गरेका थिए ।

Leave a Reply