कमलपोखरीमा ग्यास विस्पोटबाट घाइतेको वर्न अस्पतालमा उपचार, ग्यास उद्योगीहरु बनेन जिम्मेवार

आज विहान ८:५० बजेतिर कमलपोखरीस्थित सानदार म:म: पसलमा ग्यास सिलिण्डर सार्ने क्रममा ग्यास सिलिण्डर विस्पोट हुँदा १४ जना घाइते भए भने उक्त पसलको भवनमा केही सामान्य क्षति भएको जनाइएको छ । त्यहाँ ३ जना सामान्य घाइते भएकाले उपचारका लागि अस्पताल जान नपरेपनि बाँकी घाइते उदयपुरका २४ वर्षीय सञ्जोग मगर,१९ वर्षीय वीरश मगर,२१ वर्षीय धनबहादुर तामाङ, २२ वर्षीय प्रजित लामा,२० वर्षीय यशकुमार घले र २५ वर्षीय नवीन मगर , काभ्रेपलाञ्चोकका २५ वर्षीय छिरिङ लामा, मकवानपुरका १८ वर्षीय सुविन राई, ललितपुरका १९ वर्षीय आयुष मगर ,मोरङका १८ वर्षीय मनिष पोखरेल र चितवनका १८ वर्षीय रोशन लामा थिङलाई नजिकैको हिमाल हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पताल पठाएको प्रहरी जनाएको छ । तीमध्ये वीरश मगर र सञ्जोग मगर र अवस्था बढी गम्भीर रहेको बताइएको छ । उनीहरुको वर्न अस्पतालमा उपचार भएको बताइएको छ ।

सो म:म: पसलको आगो नियन्त्रण गरि प्रहरीले त्यहाँको क्षतिको विवरण संकलन गरेको थियो ।

ग्यास उद्योगीको लापर्वाही

ग्यास उद्योगीहरुको लापर्वाहीले विस्पोट र आगलागीका घटना हुने गरेको देखिएको छ । ग्यास पसलबाट उपभोक्ताले खरीद गरेर ल्याएका कतिपय ग्यास सिलिण्डरको सिल तोडी नसक्तै ग्यास लिक हुने , बाल्दाबाल्दै वीचैमा ग्यास लिक हुँदा ग्यास बाँकी छदै उपभोक्ताले ग्यास सिलिण्डर बदल्नु पर्ने, वर्षौंसम्म पुराना ग्यास सिलिण्डरमा ग्यास भरेर पठाउने , सिलिण्डरमा ग्यास भर्दा गरिएका लार्पबाही आदि जस्ता कारणले ग्यास सिलिण्डर विस्पोट हुने जानकारहरु बताउछन् । राज्यका नियामक निकायले यसलाई सुरक्षित बनाउने कार्यमा खासै ध्यान दिएको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *