करुवा पार्कको विषयमा चैनपुर नगरपालिकाको प्रष्टिकरण

ठेकेदारले सम्झौता अनुरुप काम नगरेपछि संखुवा सभाको चैनपुरको जिरोप्वइण्टमा नवनिर्मित करुवा पार्क (करुवा उद्ययन) विवादमा परेको छ । सो पार्कमा राखिने करुवाको प्रतिमा निर्माणक‍ो जिम्मा पाएको ललितपुरको इमाडोलमा रहेको नालजोर्मा आर्टस्ले चैनपुरे मोडेलको सट्टा अर्कै म‍ोडेलको करुवाको प्रतिमा

निर्माण गरेको थाहा पाएछि स्थानीय सरोकारवालाहरुले असन्तुष्टी जनाएका छन् भने चैनपुर नगरपालिकाले पनि ५ महिना भित्र उक्त पार्कमा राखिने करुवाको प्रतिमा चैनपुरे मोडेलको करुवाको बनाएर नल्याए भुक्तानी नदिने जनाएको छ ।

संखुवा सभाको पुरानो सदरमुकाम चैनपुर विशेष गरी पूर्वी नेपालमा करुवाका लागि प्रशिद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *