कवि उदय निरौलाको ‘सुदूर गाउँबस्तीहरुमा’ लोकार्पण

साहित्यिक पत्रकार समाजका आजीवन सदस्य तथा कवि उदय निरौलाको पाँचौं कवितासंंग्रह ‘सुदूर गाउँबस्तीहरुमा‘ काठमाडौंमा शनिबार लोकार्पण भयो । साहित्यिक पत्रकार तथा सष्ट्रा रमेश पौडेलको विशेष संयोजनमा सम्पन्न कार्यक्रममा कवि विष्णुविभु घिमिरे, पत्रकार पुरुषोत्तम दाहाल लगायतले सो कवितासंंग्रह लोकार्पण गर्नुभयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कवि घिमिरेले ‘कवि उदय निरौलाका कविता उत्कृष्ट छन् र उहाँका कविता राम्रोसँग समालोचकको आँखामा पर्नुुपुर्छ’, भन्नुभयो । यसैगरी कार्यक्रममा साहित्यकार ज्ञानु पाण्डेले ‘कवि उदय निरौलाका कविता उत्कृष्ट, समन्वयात्मक र अति संप्रेयणीय रहेको मैले पाएँ’, भन्नुभयो । यस्तै कार्यक्रममा स‍ो कवितासंग्रहको बारेमा प्रकाश पार्दै कवि उदय निरौलाले


सुदूर गाउँबस्तीहरुका जीवन भ‍ोगाइ लगायतका विषय यो कवितासंग्रहमा रहेको बताउनुभयो ।

कवि तथा ज्योतिष एवं गोरखापत्र राष्ट्रिय दैनिकको सह-प्रकाशन मधुपर्क मासिकका पूूर्व सम्पादक उदय निरौलाका ४ वटा कवितासंग्रह र एक निवन्धसंग्रह सहित फुटकर कविताहरु यस अघि नै प्रकाशन भएका छन् ।

Leave a Reply