काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं.७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको आज विहान काठमाडौंको टोखास्थित ग्राण्डी इण्टरनेशनल अस्पतालमा उपचारका क्रममन निधन भएको छ । दुबै फोक्सोमा सिभियर निम‍निया (भाइरल निम‍निया) भएर उपचारका लागि यही भदौ १७ गते ग्राण्डी इण्टरनेशनल अस्पतालमा वडाध्यक्ष रिजाल भर्ना हुनुभएको थियो । सघन उपचार कक्षमा उपचारका क्रममा राखेर गर्ने क्रममा ARDS भई Refractory Spetic shock/ Acute kidney injury भई उहाँको आज विहान ७:३० बजे निधन भएको ग्राण्डी इण्टरनेशनल अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्पष्ट वक्ता र सामाजिक कार्यलाई महत्व दिदै आएका रिजाल २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं.१६ को वडाध्यक्षमा निर्वाचित हुनभएको थियो । उहाँ महानगर कार्यपालिकाको पूर्बाधार समितिको संयोजक पनि हुनुहुन्यो ।

२०२७ साल कार्तिक ११ गते जन्मिएका रिज रिजालका श्रीमती र दुई छोरा छन् ।

काठमाडौं महानगरपालिकाले दिवंगत रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि दिउँस १ बजेसम्म प्रदर्शनीमनर्गस्थित राष्ट्रिय सभा गृहमा राख्ने जनाएक‍ो छ । श्रद्धाञ्जली कार्यक्रमपछि उहाँको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply