कालीघाट पुस्तकालयमा स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी सम्पन्न


भक्तपुर कासन ब्यासीस्थित कालीघाट पुस्तकालयको आयोजनामा २०८० मंसिर २३ गते शनिबार नेपाल क्रान्तिकारी महिला संघको प्रकाशन स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी सोही पुस्तकालयमा सम्पन्न भयो । गोष्ठीमा विचार व्यक्त गर्दै ‘नेपाल पुस्तकालय संघका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अधिकारीले सार्वजनिक पुस्तकालय भनेको सर्वसाधारण जनताको विश्वविद्यालय हो , त्यसैले यसको संरक्षण तथा विकासमा स्थानीय y तथा जनताको अहम् भूमिका हुन्छ’, भन्नुभयो । चीनका राष्ट्रपति सी जिन पिङ्ग ग्रामीण जनताको क्षेत्रमा गई कृषि उत्पादन, वीउ विजन र जनताको स्वास्थ्य तथा अध्ययन अध्यापनबारे छलफल गर्छन् भने अमेरिकी राष्ट्रपतिहरु पनि महिनाको दई पटक सार्वजनिक पुस्तकालयमा गई कथा बाचन गरी जनतालाई पुस्तकालयमा जान उन्साहित गर्छन् भन्दै उहाँले पुस्तकालयको विकास तथा पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी, टक प्रोगाम , पुस्तक समीक्षा र बुक डोनेशन कार्यक्रमहरु राख्दा राम्रो हुने विचार व्यक्त गर्नुभयो । कालीघाट पुस्तकालयले स्मृतिमा कामरेड शोभा नामक पुस्तकको अध्ययन गोष्ठी राखेकोमा आभार प्रकट गर्दै उहाँले लेखेका केही पुस्तकहरु कालीघाट पुस्तकालयलाई उपहारको रुपमा प्रदान गर्नुभयो ।
गोष्ठी भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले “ब्यासीमा आयोजित ३४औं नेपाल भाषा साहित्य तःमूं ज्यामा अतिथि सत्कार तथा ब्यवस्थापन विषयमा कामरेड शोभा प्रधानबाट सिक्ने अवसर पाएको छु । भक्तपुर नपाले विभिन्न कलेज , ख्वप अस्पताल ,तथा टोल टोलमा सामुदायिक स्वास्थ्य चौकि सञ्चालन गरिरहेको छ । भक्तपर नपाले जेहन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रबृत्ति प्रदान गरिरहेका छ । सार्वजनिक पुस्तकालयलाई अनुदान उपलब्ध गराई सहयोग गरिरहेको छ ।भक्तपुर नगरपालिकाले नगरवासिहरुलाई निःशुल्क अक्सिजन र रगत वितरणको साथै विभिन्न कार्यक्रम मार्फत अग्रजहरु तथा सांस्कृतिक गुरुहरुलाई सम्मान गरिहेको छ”, भन्नुभयो ।
गोष्ठीमा स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले “कामरेड शोभा प्रधानले प्रौढ कक्षा तथा विद्यालयमा पढाएर धेरै महिलाहरुलाई शिक्षित पारेको छ । श्रमिक आदर्श मा.वि.मा पनि सँगै पढाउने शवसर पाएको र शोभा मिसले नेपाली विषय पढाएको”, स्मरण गर्नुभयो । उहाँले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्ताइनी जनताको अस्पताल र विद्यालयमा धेरै बालक गर्भबवती महिलाको हत्या गरेकोमा त्यसको भत्सर्ना गर्नुभयो ।
गोष्ठीको अध्यक्षता गर्दै कालिघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले अग्रजहरुको सल्लाह अनुसार पुस्तकालय स्मृतिमा कामरेड शोभा प्रधान नामक पुस्तकको अध्ययन गोष्ठी आयोजना गरेको बताउनुभयो । उहाँले कालीघाट पुस्तकालयलाई ई लाइबेरीको रुपमा विकास गर्न कटिबद्ध रहेको बताउदै पूस्तकालयमा हाल उपलब्ध सुविधाबारे जानकारी दिनुभयो । त्यस गोष्ठीमा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल, पुस्तकालय सदस्य लीलाराम जेनी , लक्ष्मी वि.क. र साहित्यकार तथा लेखक इश्वर थोकरले पनि स्मृतिमा कामरेड शोभा पुस्तकमा समाबेश लेखहरुबारे चर्चा गर्नु भएको थियो ।

Leave a Reply