
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आगामी पुस १ गते दोश्रो काठमाडौं साकोस समिट-२०८० काठमाडौंको टुसालस्थित हायत रिजेन्सी होटलमा हुने भएको छ । समिटमा काठमाडौंको साकोस अभियानलाई थप सुदृढ र मर्यादित बनाउने विषयमा छलफल हुनुका साथै विद्वानहरुले पेपर प्रस्तुत गर्ने बताइएको छ ।
चावहिलमा केन्द्रीय कार्यालय रहेको कास्कूनले गोंगबु, कलंकी र कीर्तिपुरमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना सदस्य संस्थाहरुलाई वित्तीय तथा शिक्षा तालिम जस्ता सेवा प्रवाह गरिरहेको छ । यसले सदस्य संस्थाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रमलाई विशेष अभियानका साथ सञ्चालन गरिरहेको छ ।
गत कार्तिक १८ गते कास्कूनको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।




