कुमार भट्टराईको ‘२८ साल’ सार्वजनिक

लेखक कुमार भट्टराईको ‘२८ साल’ पुस्तक बुधबार काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तकका लेेेखक कुमार भट्टटराई, पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र २०२८ सालको झापा आन्द‍ोलनमा सहभागी ठूल‍ो दुर्गा अधिकारीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका थिए । पत्रकार मोहन काजीले सञ्चालन गरेको कार्यक्रममा विमोचन भएको यो पुस्तक यथार्थमा आधारित रहेको भन्दै २०२८ सालको झापा विद्रोहमा सहभागी ठूलो दुुर्गा अधिकारीले हामीले समाज परिवर्तन गर्ने उद्देश्य बोकेर संघर्षमा लागेका थियौं तर उपलब्धी हासिल गर्ने मुखमा पुग्नै लाग्दा नेताहरुको झगडाले त्यो सफल हुन सकेन – बोल्न पाउने स्वतन्त्रता बाहेक केही प्राप्त भएको छैन र हाम्रो पुस्ताले पूूरा गर्न नसकेको काम पछिल्लो पुस्ताले पूरा गर्नु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा पुस्तकका लेेेखक भट्टराईले झापाको शनिश्चरेमा भुटन चोधरीको शालिक निर्माण भएपछि आफूलाई य‍ो पुस्तक लेेख्ने इच्छा जागेको र उपन्यास भएपनि यो यथार्ततामा आधारित पुस्तक ईतिहासकारको नजरमा इतिहासको पुुस्तक र पत्रकारको नजरमा फिचर लेख रहेको बताए । उक्त पुस्तक लेेख्ताको अवस्था बारे चर्चा गर्दै उनले य‍ो पुस्तकमा लीला लेखन रहेक‍ो जानकारी दिए ।

रु.५०० मूल्य र ४४० पृष्ठको सो पुस्तकबारे टिप्पणी गरेका पत्रकार तथा राजनीतिक विश्लेषक दाहालले २०२८ सालको झापा विद्रोह र १० वर्षे शसस्त्र माओवादी युद्ध व्यक्ति हत्या मात्रै भएको र यो ‘२८ साल’ पुस्तक बजारमा आएपछि अर्को छुट्टै ‘५२ साल’ पुस्तक लेखिरहन नपर्ने बताएका थिए । यो पुस्तक पढेपछि नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीलाई हेर्ने आफ्नो दृष्टिक‍ोण बदलिएको बताएका दाहालले पञ्चायतकालमा नेपालका केही कम्युनिष्ट पार्टी र तिनका नेताहरुको गतिविधि रहस्यात्मक बताएका थिए तर उनले तत्कालीन पञ्चायती सरकारले नेपाल नदिएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलालको मृत्युपछि पनि उनको पार्थिव शरीर भारतबाट नेेपाल ल्याउन नदिएको बारेमा भने केही बताएनन् ।

Leave a Reply