कृषि मन्त्रालय र दुग्ध उत्पादक कृषकहरु बीच ५ बुँदे सहमती,चैत्र २१ गतेभित्र कृषकहरुलै भुक्तानी पाउने

शनिबार नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रनलय र दूग्ध उत्पादक कृषकहरु बीच दुग्ध उत्पादक कृषकहरुलाई २०८९ पुस मसान्तसम्मको दूध विक्रीको भुक्तानी गर्न बाँकी रकम २०८० चैत्र २१ भित्र भुक्तानी गर्ने सहित ५ बुँदे सहमती भएको छ । यो सहमती भएसँगै केन्द्रीय दुग्ध सहकारी संघ लि.ले घ‍ोषणा गरेका कार्यक्रम स्थगन गर्न सहमत भएको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालय र दुग्ध उत्पादक कृषकहरु बीच गत मंसिरमा पनि यस किसिमको सहमती भएको थियो तर सो सहमती कार्यान्वयन नभएपछि केन्द्रीय दुुग्ध कृषि सहकारी संघ लि.को आह्वानमा कृषकहरुले आन्दोलन शुरु गरेका थिए ।

Leave a Reply