
विगत २३ वर्षदेखि सहकारी अभियानमा क्रियाशील रहदै आउनुभएका काठमाडौंको थानकोट चेकपोष्टमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृृष्णकुमार श्रेष्ठलाई आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यको आधारमा नेफ्स्कून उत्कृष्ठ व्यवस्थापक पुरस्कारबाट सम्मानित गरिने भएको छ । नेफ्स्कूनको ३६औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेेफ्स्कूनका नि:बर्तमान अध्यक्ष तथा पुरस्कार तथा सम्मान उपसमिति संयोजक डी.बी. बस्नेतले उक्त पुरस्कार प्रदान गरि सम्मान गर्ने घोषणा गर्नुभयो । त्यस अवसरमा साकोस अभियानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याएका विभिन्न व्यक्तिहरुलाई नेफ्स्कूनको आगामी वार्षिक सााधारण सभामा प्रदान गर्ने गरी नेफ्स्कूनको विभिन्न विधागत पुरस्कार तथा सम्मान प्रदान गर्ने घोषणा गरियो ।
सोही अनुरुप नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फको पुरस्कार तालिम अधिकृत उमेश कोइराला र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयकी बरिष्ठ सहायक दिप्ती आचार्यलाई प्रदान गरिने भएको छ ।
यस्तै नेफ्स्कूनले गत बर्षको संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि.,काभ्रेपलाञ्चोककी भूतपूर्व अध्यक्ष निर्मला श्रेष्ठ र पुरुष तर्फ रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि., मोरङका भूतपूर्व अध्यक्ष राजकुमार बराललाई प्रदान गरि सम्मान गर्ने भएको छ ।
त्यसतै नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान नेफ्स्कूनका पूर्व सञ्चालक हरिकुमार शर्मा लामिछाने- सिन्धुपाल्चोकलाई प्रदान गरिने घोषणा गरिएको छ ।
यसैगरी प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार कोशी प्रदेशबाट रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. -मोरङकी कृण्णकुमारी दवाडी, मधेश प्रदेशबाट सगुन बचत तथा ऋण सहकारी संस्था लि.- सर्लाहीका रविन्द्र राना, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.- पनौती, काभ्रेपलाञ्चोकका गोपाल दाहाल, गण्डकी प्रदेशबाट जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.- पोखरा, कास्कीका प्रेमसागर अधिकारी, लुम्बिनी प्रदेशबाट सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.- नवलपरासीका टिकाराम तिमिल्सिना, कर्णाली प्रदेशबाट ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.- सल्यानकी शान्ता राई र सुदुरपश्चिम प्रदेशबाट सृजना बचत तथा ऋण सहकारी संस्था लि.-कञ्चनपुरका नयनसिंह ठगुन्नालाई प्रदान गरि सम्मान गर्ने घोषणा गरियो ।
त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कार क्लिकमाण्डु डट कमका बरिष्ठ संवाददाता शोभित थपलियालाई प्रदान गरि सम्मान गरिने भएको छ ।





