केपी शर्मा ओली एमालेको अध्यक्षमा पुन: निर्वाचित,२ बाहेक सबै पदाधिकारी ओली प्यानलकै

काठमाडौंमा जारी नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अत्याधिक मतसहित तेश्रो कार्यकालका लागि पुन: अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत मतगणनामा अध्यक्ष पदमा ओलीले १,६६३ मत पाउदा अध्यक्षका अर्का प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ १,७३७, विष्णुप्रसाद पौडेल १,६७५, रामबहादुर थापा ‘बादल’ १,५१६,, गोकर्णराज विष्ट १,३६८ र रघुजी पन्त १,२५८ मत प्राप्त गरि विजयी हुनुभयो भने उपाध्यक्ष पदका अन्य उम्मेद्वारहरु गुरुप्रसाद बरालले १,१३७, डा.विन्दा पाण्डेले ९२१ , परशुराम मेघी गुरुङले ४६१, अरुण नेपालले ४३९ , टंकप्रसाद कार्कीले ३५८ र भीमप्रसाद आचार्यले २६५ मत पाउनुभयो । महासचिवमा १,२२८ मत पाएर शंकर पोखरेल पुन: विजयी हुँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाउनुभयो । त्यस्तै उप-महासचिवमा लेखराज भट्ट १,४५२, रघुवीर महासेठ १,३६८ र योगेश भट्टराई १,३४८ मत पाएर विजयी हुदा उप-महासचिवका अन्य उम्मेद्वारहरु विष्णुप्रसाद रिमालले १,०९१, आनन्दप्रसाद पोखरेलले ६३५ , वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत पाउनुभयो । त्यसैगरी सचिवमा महेश बस्नेत १,५४४, पद्माकुमारी अर्याल १,५३०, छविलाल विश्वकर्मा १,५०६, शेरधन राई १, ५०३, हिक्मतकुमार कार्की १,३३७, खगराज अधिकारी १,२३१,यामलाल कँडेल १,१८५, राजन भट्टराई १,१८१ र भानुभक्त ढकाल १,१०८ मत पाएर विजयी हुनुभयो भने गोकुलप्रसाद बास्कोटाले १,०३०, ठाकुरपरसाद गैरेले ८८३, रचना खड्काले ८७७, कर्णबहादुर थापाले ८४७, अग्निप्रसाद खरेल ७१६, विनोदप्रसाद ढकालले ६८४, कृष्णगोपाल श्रेष्ठले ६२५, लालबाबु पण्डितले ४९६, पेम्वा लामाले ४९३, पुरुषोत्तम पौडेलले ४६२ र इन्द्रलाल सापकोटाले ४०५ मत पाउनुभएको छ ।

बिघटित संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको उपाध्यक्ष पदमा मनोनित भएका गुरुप्रसाद बराल यसपटक उपाध्यक्ष पदमा पराजीत हुदा यस अघिका उप-महासचिप विष्णुप्रसाद रिमाल यसपटक उप-महासचिव सहित केन्द्रीय सदस्य पदमा पराजित हुनुभयो । १९ सदस्यीय पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका उपाध्यक्षमा गोकर्णराज विष्ट र उप-महासचिवमा योगेश भट्टराई मात्र विजयी भएकाले बाँकी १७ पद सहित ठूलो संख्यामा केन्द्रीय सदस्य पदमा ओली प्यानलबाट विजयी भएको जनाइएको छ ।

गत शनिबार भक्तपुरको तिनकुने-सल्लाघारीस्थित खुल्ला चौरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन समारोमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी लगायतले सो महाधिवेशनको सफलताको शुभकामना व्यकत गर्नुभएको थियो ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बन्द-शत्रमा गत भदौमा ललितपुरमा गोदाबारीमा सम्पन्न सो पार्टीको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन गरि सोही संशोधित विधान अनुरुप केन्द्रीय कमिटीको ३०१ पदका लागि सोमबारबाट निर्वाचन प्रक्रिया शुरु भएको थियो । केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । केही क्लष्टरबाट केन्द्रीय सदस्य निर्विरोध चयन भएपनि बाँकी पदमा बुधबारबाट ८४ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान शुरु भई आज विहान सम्पन्न भएको थियो । आजै विहानबाट शुरु भएको मतगणना दिउसो सकिएको थियो । २,२६३ मतदातामध्ये २,२२७ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *