केहीबेर अगाडि काठमाडौंको सहयोगीनगरस्थित बागमती मनोहरा दोभान पुलछेउमा एक पुरुषमाथि आक्रमण भएको छ । गाडी पार्किङ गरेर नजिकै रहेको घरमा जानै लाागेेका ती युवाको आँखामा अनुहारमा मास्क लगाएका एक व्यक्तिले स्प्रीड छर्केर आक्रमणको प्रयास गरेको थियो तर त्यहीँ नजिकैको कार वास छेउमा हिडिरहेका मानिसहरु भए ठाउँमा ती घाइते पुरुष पुगेकाले उनलाई ठूलो चोट लाग्न नपाएको र मानिसहरुले उनलाई आफनो घर पु-याई दिएका थिए । आक्रमणको प्रयास गर्ने व्यक्ति नजिकै रहेका मानिसहरुले हल्ला गरेकाले त्यहाँबाट बागमती मनोहरा दोभान पुलतिर दौडेको प्रत्यक्षदर्शीले बताए । आक्रमणको प्रयास गर्ने त्यो व्यक्ति घटनास्थलमा अलि अगाडिदेखि बसिरहेको कुकुर डो-याउदै जादा आफूले देखेको ‘, त्यहीकी स्थानीय एक महिलाले बताइन ।
‘बागमती मनोहरा करिडोर र आसपासका क्षेत्रमा प्रहरीले गस्ती बढाइदिए हुन्थ्यो’, स्थानीयबासीले भने ।





