कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति विरुद्ध आज पेशी

नेपाली कांग्रेसका नेता उद्धव थापाको कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध शुक्रबार नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पेशी तोकिएको सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलको भनाइ छ । ४ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको कार्य बदर गरी कोशी प्रदेशमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नि:बर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नु पर्ने माग गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ , कोशी प्रदेशको नवगठित सरकार र कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइ नेकपा (एमाले)ले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

९३ सदस्यीय कोशी प्रदेश सभाका सभामुख सहित ४७ सदस्यको समर्थनमा यही असार २१ गते नेपाली कांग्रेसका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । शुक्रबार प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार सम्हालेका नवनियुक्त मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एस)का कमल जबेगुलाई विना विभागीय मन्त्री नियुक्त गर्नु्भएको थियो ।

कोशी प्रदेश सभामा उपसभामुख सहित नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, सभामुख सहित नेकपा (माके)का १३, राप्रपाका ६ , नेकपा (एस)का ४ र जसपाका १ सदस्य छन् ।

कोशी प्रदेश सभाबाट आफ्नो सरकारले विश्वासको मत प्राप्त गर्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आफू नेतृत्वको कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाबाट विश्वासको मत पाउछ भन्नुभएको छ । शनिबार आफू कोशी प्रदेशको मुख्यमन्त्री बनेकोमा आफूलाई स्वागत गर्न नेपाली कांग्रेसले झापाको व्यापारिक नगरी बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुराबताउनुभएको हो ।

Leave a Reply