कोशी प्रदेश सभामा संविधान उलङ्घन भयो भन्दै दायर भएको मुद्धाको पेशी आज

कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाबाट विश्वासको मत लिदा संविधान उलङ्घन भएको भन्दै त्यस विरुद्ध नेकपा (एमाले)ले हिजो सर्वोच्च अदालतमा दायर गरेको मुद्धाको पेशी आज हुने बताइएको छ ।

गत सोमबार नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्यले सरकारलाई मत दिएर संविधान उलङ्घन गरेको भन्दै नेकपा (एमाले)ले त्यसको विरोध गरी रोष्टम घेराउ गरेको थियो ।

त्यसै बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्यले सरकारलाई विश्वासको मत दिएपछि ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकारको पक्षमा ४७ परेको थियो ।

सो दिन कोशी प्रदेश सभाको बैैठक बोलाएर उप-सभामुख सिर्जना दनुवार उक्त बैैठकमा अनुुुपस्थित हुनुुका साथै उहाँले उमेरले जेष्ठ ९ जना कोशी प्रदेश सभाका सदस्यको घरायसी बिदा स्वीकृत गर्नुभएको थियो । उहाँको य‍ो कार्यको आलोचना भएको थियो भने उहाँले घरायसी बिदा स्वीकृत गरेका सदस्य एनजीओको कार्यक्रममा सहभागी भएको समाचार आएको सोही बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेकपा (माके)का क‍ोशी प्रदेश सभा दलका नेेता इन्द्र आङ्बोले बताउनुभएको थियो ।

यता पछिल्ला समय कोशी प्रदेश सभामा भइरहेका गतिविधि संसदीय व्यवस्थाको असली चरित्र सतहमा देेखिएको कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply