क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट शुरु हुँदै छ । आज मध्यान्ह काठमाडौको शान्तिबाटिकाबाट शुरु हुने उक्त पार्टीको जुलुस न्युरोड भूगोलपार्कमा पुगेपछि त्यहाँ सोही पार्टीका एकता महाधिबेसन आयोजक समिति संयोजक मोहन वैद्य ‘किरण’ले महाधिबेसनको उदघाटन गर्ने कार्यक्रम रहेको आय‍ोजकको भनाई छ । महाधिबेसनमा ३५० जना प्रतिनिधि सहभागी भएको बताइएको छ । बन्दसत्रमा पार्टीका महाधिबेसन आयोजक समिति संंयोजक बैद्य सहितले पार्टीको राजनीतिक तथा सांगठानिक र प्रतिवेदन तथा विधानको मस्यौदा प्रस्तुत गर्ने र ती दस्ताबेज समूह बनाएर प्रतिनिधिहरु बीच छलफल गरेर प्रतिनिधिहरुको सुझाव समावेश गरी पारित गरि केन्द्रीय समिति लगायतका निकाय चयन गर्ने जनाइएको छ । यो महाधिबेसनबाट सो पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवादमा विवाद नभएपनि माओवाद कि माओविचारधारा भन्नेमा रहेको विवाद समाधान हुने नेताहरुले बताउदै आएका छन् ।

यो महाधिबेसनमा संयोजक वैद्य र नेता हेमन्त प्रकाश ओली नेतृत्वको लागि आकांक्षी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *