खारेज गरिएको स्मार्ट टेलिकमको सबै दायित्व सरकारले बहन गर्नपर्छ : बास्क‍ोटा

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले ‘खारेज गरेको स्मार्ट टेलिकमको सम्पूर्ण दायित्व सरकारले बहन गर्नुपर्छ’, भन्नुभएक‍ो छ । प्रतिनिधि सभाको आजक‍ो बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले कुनै तयारी विना नै स्मार्ट टेलिकम खारेज ग-यो , यसको १ लाख सिम बजारमा गएको छ , यसले फ्रिक्वेन्सी पाएको छ र स्मार्ट टेलिकमका रिटेलर कुटिने अवस्था बनेको बताउनुभयो । उहाँले सरकारले ती रिटेलरको सुरक्षा गर्नु पर्ने र त्यसमा १७ अरब रुपैया जति लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *