गण्डकी प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गरुङले गण्डकी प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमबार अपरान्ह ३ बजे आह्वान गर्नु भएको जनाइएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो विषय उल्लेख छ ।

यता आईतबारबाट विकसित नयाँ राजनीतिक घटनाक्रमले नेकपा (एमाले)का नेता खगराज अधिकारी गण्डकी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ । नेपाल सरकारका भूतपूर्व गृहमन्त्री अधिकारी नेकपा (एमाले)को गण्डकी प्रदेश सभ दलको नेता चयन भइसक्नु भएको छ ।

Leave a Reply