गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  काठमाडौँमा एक कार्यक्रम गरी आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा कलाकार प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लीला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् ।

यो गीतको भिडियो तल क्लिक गरेर हेर्न सकिने बताइएको छ ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/mhBTenG8E58?si=P3KODFUFGkvmPZdt” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

Leave a Reply