भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहृको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ चैत्र ९ गते सोही संस्थाको तालिम हलमा शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो ।

उक्त संस्थाका निवर्तमान अध्यक्ष एवं शिक्षा उप-समितिका संयोजक विश्वराम त्वायनाको अध्यक्षता तथा त्यसै संस्थाका अध्यक्ष राधेश्याम सुवालको आतिथ्यतामा ग्लोबल मनि वीक (Global money week) 2025 (March 17 to 23) को अवसरमा सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको हो ।
यो सहकारी शिक्षा शिविरको मुख्य उद्देश्य एक हप्ते ग्लोवल मनी वीकलाई सार्थक बनाउनु रहेको बताइएको छ । विश्वभरीका बैक वित्तीय संस्थाले यो एक हप्ताको लागि आ-आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुलाई वित्तीय जानकारीको पुन: ताजिकिकरण गराउने, पैसाको महत्व बुझाउने, आम्दानीको श्रोत, बचतको श्रोत, ऋण सापटीको जोखिम, लगानी गर्ने तरिका आदिबारे थप सुसुचित गराउने उद्देश्यले सञ्चालित यो एक हप्तालाई सफल पार्न श्री बाराही बचत तथा ऋण सहकारी संस्या लि.ले आफ्ना सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउन सहकारी शिक्षा शिविर सञ्चालन गरेको थियो ।
सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा सम्पन्न शिविरमा त्यसै संस्थाका अध्यक्ष राधेश्याम सुवालले हाल चर्चा परिचर्चा भइरहेको सहकारी ऐन, नीति, नियम र सहकारी नियमन प्राधिकरणको बारेमा जानकारी गराउनु भयो । उहाँले देशको अवस्थाले युवा वर्ग बाहिरीने क्रम यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा नेतृत्व जनशक्तिको अभाव समेत हुने हुनाले यसलाई रोक्न स्थानीय निकायले सोच्नु पर्ने बारे धारणा व्यक्त गर्नुभयो ।
यो हप्ता थिंक बिफोर यु फ्लो वीस मनि टुमोरो( Think Before you follow,wise money Tomorow) लाई पूरा गर्ने र पैसाको बारेमा जानकारी लिने दिने हप्ताको रुपमा सप्ताहव्यापी प्रचारप्रसार भएको बित्तीय रुपमा साक्षर गराउने अभियान भएकोले उपस्थित सदस्य तथा पदाधिकारीहरुलाई हाम्रो देशमा आम्दानी गर्न सक्ने वीस थरिका व्यवसाय, पैसा कमाउने अचुक उपाय, आवश्यक तथा अनावश्यक खर्चबारे लर्न,सेभ अर्न (Learn,save earn) बचत गर्न सक्ने तरिका, ऋण कसरी लिन र तिर्ने तथा जोखिमका क्षेत्रहरु, लगानी गर्ने विभिन्न तरिकाका साथ साथै संस्थागत वित्तीय साक्षरता समेत संस्थाका व्यवस्थापनवाट दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्षता गरेका त्यस संस्थाका पूर्व अध्यक्ष विश्वराम त्वायनाले कार्यक्रम समापनको क्रममा संस्था चिन्ने तरिका, व्याजको लोभमा नफस्न र अरुको बहकाउमा नजान र प्थ्ः फारम अनिवार्य रुपमा सबै सदस्यले भर्न अनुरोध गर्दै सदस्यहरुको टीका टिप्पणीप्रति उत्तर सहितको आफ्नो धारण व्यक्त गर्नुभयो ।
शिक्षा शिविर कार्यक्रममा संस्थागत प्रस्तुती गर्दे त्यसै संस्थाका लेखा अधिकृत श्रीकृष्ण ख्याजुले सरल तथा प्रभावकारी माध्यमबाट संस्थाको बित्तीय सेवा सुबिधाबारे अवगत गराउनुभयो । उहाँले हालको प्रविधिसँग सदस्यहरुलाई जानकार रहन मोबाईल बैकिग सम्बन्धी जानकारी दिदै सुरक्षित तरिकाले कारोवार गर्न सुझाब दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका शिक्षा उप-समितिका सदस्य रवेन्द्र सुवालले ,स्वागत मन्तव्य रोजिस त्वातीले व्यक्त गर्नु भएको शिविरमा ३२ जनाको सहभागिता रहयो । त्यस अवसरमा सहभागीहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।






