चितवन-२ मा रास्वपाका रवि लामिछाने ४२,९६२ मतान्तरले विजयी

चितवन क्षेत्र नं.२ मा ४२,९६२ मतान्तरले निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई पछि पारी पुन: निर्वाचित हुनुभएक‍ो छ । विजयी लामिछानेले ५४,१७६ मत पाउँद नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११,२१४ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १०,९३६ , राप्रपाका जीवलाल पुरीले ३७५ , मंग‍ोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २११ , राष्ट्रिय जनम‍ोर्चाका जनकराज शर्माले ११०, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीले ७५, जय जन्मभूमि पार्टी, नेपालका प्रेमबहादुर खड्काले ७२ , नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ४७, राष्ट्रिय नागरिक पार्टीका य‍ोगलाल श्रेष्ठले ४१ , राष्ट्रिय मुक्ति आन्द‍लनका छत्रकुमार पाख्रिनले ३८ तथा स्वतन्त्र उम्मेद्वारहरु : अम्बिका भट्टले ३७, भास्करचन्द्र न्यौपानेले २१, लक्ष्मी माया कोइराला बुढाथोकीले २१, सुमन श्रेष्ठले १९, मोजराज बगालेले १६, विक्रम श्रेष्ठले १३ , रामचन्द्र ओझाले ९, सन्त‍ोष थापाले ३ र ताराप्रसाद पौडेलले २ मत पाएको निर्वाचन आय‍ोग , नेपालले जनाएको छ । विजयी लामिछानेलाई नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले बधाई दिनुभयो

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सोही क्षेत्रमा रास्वपाकन सभापति लामिछानेले ४९,३०० मत पाएर विजयी हुनुभएक‍ो थियो । सो क्षेत्रमा सो निर्वाचनमा प्राप्त गरेको मत यस पटकको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेद्वारले ज‍गाउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *