जनता साकोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न, ५ पटक रक्तदान गरेका रक्तदाता सम्मानित

नेफ्स्कूनका पूर्व अध्यक्ष तथा बरिष्ठ सहकारी अभियान्ता कैलाशभक्त प्रधानाङ्गले नेफ्स्कून या अन्य कुनै सहकारी संघको सञ्चालक चयन भएको व्यक्तिले त्यस अघि आफू आवद्ध रहदै आएको सहकारी संघ/संस्थाको सञ्चालक समितिबाट राजीनामा दिनु पर्ने भनी सहकारी विभागको निर्देशन व्यबहाारिक छैन र सहकारी विभागको नियमन कार्यक्षेत्र बाहिरका सहकारी संघ/संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुले आफ्नो सम्पति विवरण सहकारी विभागमा बुझाउनु पर्दैन भन्नुभयो । शनिबार यचु पाटी भेन्यु ,शंखधरचोकमा सम्पन्न जनता बचत तथा ऋण सहकारी संस्था लि.,चित्रपुर, भक्तपुरको १५औँ वार्षिक सााधारण सभाको उद्घाटन गर्दै उहाँले रक्तदान कार्यक्रम, जेष्ठ नागरिक दिवसमा जेष्ठ नागरिकलाई सम्मान गर्ने लगायतका रचनात्मक क्रियाकलाप गर्दै आएको जनता साकोस निरन्तर प्रगतिपथमा अगाडि बढेको देख्दा खुशी लाागेको बताउनुभयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का सञ्चालक पञ्चकृष्ण श्रेष्ठले एउटा व्यक्तिले ५/७ वटा बैंक तथा अन्य वित्तीय संस्थामा कारोबार गर्न पाउने तर सहकारीमा भने भने एक व्यक्ति-एक सहकारीको नीति लागू गर्नु सहकारी सिध्याउने खेल हो’, भन्नुभयो । बजारमा व्यवसायिक ढंगले चलेका सहकारी संस्थामा बढी व्याजको लोभमा परेर कारोबार गर्नुको साटो जनता साकोस जस्ता समुदायमा आधारित रहेर राम्रोसँग चलेका सहकारी संंस्थामा आफ्नो सबै कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्दै उहाँले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थारुलाई डुब्नबाट जोगाउने तथा सदस्य संस्थाको जमानीमा उक्त संस्थालाई विना धितो रु.६० लाखसम्म र सदस्य संस्थाको तरलता व्यवस्थापनको लागि धितोमा आवश्यकता अनुसार जति पनि ऋण लगानी गर्न सक्ने बताउनुभयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.थिमि शाखाकी प्रमुख सीता भट्टराई निरौलाले जनता साकोसका सबै सूूूचकाङ्कक राम्रो देखिएको र आवश्यक परेमा यस संस्थालाई राष्ट्रिाय सहकारी बैंकले सहयोग गर्ने बताउनुभयो । सो संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले अध्यक्षता र उपाध्यक्ष महेन्द्र राजथलाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधारण सभामा उक्त संस्थाका कानुनी सल्लाहकार अनिल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै जनता साकोसको वित्तीय अवस्था राम्रो रहेको भन्दै यो संंस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष राजथलाले ‘हुँदा खाने वर्गलाई हुने खाने बनाउने’ भन्ने दृढ संंकल्पले १५ वर्ष अगाडि स्थापना भएको जनता बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापनाकालदेखि नै सदस्यहरुको बचतको सुरक्षालाई पहिलो प्राथमिकता दिदै सदस्यहरुको विश्वास आर्जन गरी संस्थाको दिगो विकास र सदस्यहरुलाई सरल र सहज रुपमा छिटो छरितो सेवा प्रदान गर्दै सदस्यको सन्तुष्टि संस्थाको मुख्य सफलता हो भन्ने मुल मान्यता अनुसार काम गर्दै आइरहेको बताउनुभयो । उहाँले विगत वर्षहरुमा कोभिड-१९ को प्रभाव र देशव्यापी बन्दाबन्दी हुँदा समेत पनि सदस्यहरुलाई वित्तीय सेवा दिन संस्था सफल भएको थियो भने यस अवधिमा संस्थाले सहकारी संस्थाहरुको माझमा एक विश्वासिलो , दिगो , भरपर्दो र पूर्ण व्यवसायिक कारोबार गरी आफ्ना सदस्यहरु माझमा र सम्बन्धित निकायहरुको बीचमा सफल सहकारी संंस्थाको रुपमा स्थापित हुन सफल भएको छ भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यस संस्थाले स्मार्ट मोबाइल बैंकिङ (Smart Mobile Banking),क्युआर कोड (QR Code), एसएमएस सर्भिस (SMS Service) , ई-सवा (E-TELLER), ट्याब्लेट बैंकिङ (Tablet Banking) मार्फत वित्तीय सेवा प्रदान गर्न शुरु गरेकोले यी प्रविधिबाट संस्थाका सबै शेयर सदस्हरुलाई संस्थाबाट प्रविधिमैत्री सेवा र सुविधा मार्फत वित्तीय कारोबार गर्न अनुरोध गर्नुभयो ।

साधारण सभामा त्यसै संंस्थाका सचिव राजु प्रजापतीले संस्थाको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित कार्ययोजनाहरु , कोषाध्यक्ष कृष्णगोपाल राजथलाले संस्थाको कोषाध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तावित कार्ययोजनाहरु र लेखा सुपरीवेक्षण समिति संयोजक सानुकाञ्छा राजथलाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।

साधारण सभामा सो संस्थाका जेष्ठ सदस्यद्वय कुलबहादुर खड्का र सतिदेवी राजथला ,कनिष्ठ सदस्य तेजलिन प्रजापती तथा ५ पटक रक्तदान गरेका रक्तदाताहरु रेश्ना राजथला, रोशन राजथला , राजु प्रजापती र महेन्द्र राजथलालाई पुरस्कार सहित सम्मन गरियो । त्यसै अवसरमा स‍ो संस्थाका असल बचतकर्ता सदस्यहरु अनु राजथला, हरिदेवी राजथला र चम्पा राई , अधिकतम सदस्य विस्तारकर्ता सदस्यहरु कविता श्रेष्ठ, कविता देसार र निशा रोका, अधिकतम शेयर खरीदकर्ता सदस्य अमुल श्रेष्ठ, असल ऋणी सदस्यहरु इन्द्रप्रसाद लामिछाने , सुपन राई र सावित्री कार्की खड्कालाई पुरस्कार प्रदान गरी सम्मानित गरियो । यसैगरी साधारण सभामा सामुदायिक विद्यालयको तर्फबाट २०७९ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट जीपीए (GPA) का साथ उत्तीर्ण भएका सो संस्थाका सदस्यहरुका छोराछोरी आयुष दाहाल र प्रीतिकुमारी साह तथा संस्थागत विद्यालयतर्फबाट २०७९ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट जीपीए(GPA)का साथ उत्तीर्ण भएका सोही संस्थाका सदस्यहरुका छोराछोरी रोनिष राजथला र श्रीया श्रेष्ठलाई पुरस्कार प्रदान गरी सम्मान गरियो भने अखण्ड सेवा समिति, चित्रपुरलाई उक्त संस्थाको कार्यक्षेत्र भित्रको उत्कृष्ट सामाजिक संस्थाको रुपमा सम्मान गरियो ।

यसैगरी साधारण सभामा श्री बाल चेतन आधारभूत विद्यालय तंखगालका छात्रछात्रालाई छात्रबृति प्रदान गर्नुका साथै त्यसै संंस्थाका समूह ७ का असल नाारी समूहहरु सीता अधिकारी, संगीता थापा , सुष्मा अधिकारी, सरस्वती अधिकारी र भवानी अधिकारी , समूह १८ का असल नारी समूहहरु निशा रोक्का , रमा खड्का न्यौपाने , उषा चापागाईँ , अञ्जना घिमिरे र सीता भण्डारी , समूह ६० का असल नारी समूहहरु तारादेवी खतिवडा, गंगा खतिवडा , भवानी खतिवडा , दीपा खतिवडा र कमला खतिवडा , समूह ६४ का असल नाारी समूहहरु देेवी कार्की , पुड्की माया मगर , विष्णुमाया कार्की, कमला राना र कविता कार्की र समूह ६८ का असल नारी समूहहरु पूजा घिमिरे , सरिता घिमिरे , सीता घिमिरे, अप्सरा घिमिरे र शोभा उपाध्यायलाई पुरस्कर सहित सम्मान गरियो ।

सोही संस्थाका व्यवस्थापक रेशमान राजथलाले संयोजनकारी भूमिका निर्वाह गरेको त्यस सा धारण सभाका अध्यक्ष राजथलाले प्रमुख अतिथि प्रधानाङ्गलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *