जनमत पार्टी पुन: सरकारमा सामेल , अनितादेवी साहलाई गराइयो मन्त्रीको सपथग्रहण

चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको जनमत पार्टी पुन: सरकारमा सामेल भएको छ । सो पार्टीको सिफारिस संघीय मानिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी सांसद अनितादेवी साहलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीको पद तथा ग‍ोपनियताको सपथग्रहण गराउनुभयो । राष्ट्रपति कार्यालय आयोजित सो सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकाल दाहाल ‘प्रचण्ड’ , सभामुख देवराज घिमिरे , राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको राथ्ट्रपति कार्यालयले जनाएको छ ।

सपथग्रहणपछि नवनियुक्त मन्त्री साह पदभार सम्हाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जानुभएको बताइएको छ ।

राम्रो भूमिका निर्वाह गरिरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल म‍‍ोदीलाई नेकपा (माके)ले मन्त्रीबाट फिर्ता बोलाएर जनमत पार्टीकी सांसद साहलाई नेकपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय मामिला तथा साामान्य प्रशासन मन्त्री बनाउनुभएको हो ।

जनमत पार्टीले भने जस्तो मन्त्रालय नपाएको भन्दै ४ महिना अघि खानेपानी मन्त्री अब्दुल खानलाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारबाट बााहिरिएको थियो ।

मेयरमा परााजित भएकी साह सांसद हुँदै मन्त्री

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उप-महानगरपालिकाको मेयर पदमा उम्मेद्वार बनेकी अनितादेवी साह पराजित हुनुभयो तर गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सदस्य पदमा सप्तरी क्षेत्र नं.२ बाट प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक तर्फबाट ६ सिट जित्दा साह पनि समानुपातिक सूूचीबाट सांसद बन्नुभएको थियो र आज उहाँ संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *