जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको हित गर्दैन : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पाार्टीका अध्य्यक्ष ऋषि कट्टेलले गोरखाको आरुघाट बजारदेखि उत्तर र दक्षिण तर्फका ठूलो परिमाणमा मानव बस्ती र उब्जाउ जमिन तथा धादिङतर्फको पनि केही जमिन डुबान हुने गरि निर्माण गर्ने भनिएको जलाशयुुक्त बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको हित नगर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष कट्टेलले ‘निर्माण गर्ने भनिएको जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजनाबाट १,२०० मेगावाट विजुली उत्पादन हुन्छ भनिएको छ , जबकी गोरखाको आरुघाट बजार भन्दा माथि बुढीगण्डकीमा ५/७ वटा ठूला जलविद्युत परियोजना बन्न सक्ने र तिनबाट नै १,२०० मेगावाट जति विजुली उत्पादन हुन सक्ने र आरुघाट बजारभन्दा तलतिरपनि जलविद्युत सहितका परियोजना सञ्चालन हुन सक्ने अवस्था हुदाहुदै त्यसलाई बेवास्था गर्नु राष्ट्रिय हित विपरीत छ किनकी जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजना बन्दा बुढीगण्डकी नदीमा बन्न सक्ने अन्य जलविद्युत लगायतका परियोजना निर्माण हुने सक्ने स्थल नै डुब्ने अवस्था छ ‘, भन्नुभयो । उहाँले बुढीगण्डकी नदी आसपासका बस्ती र उब्जाउ जमिन पनि जोगिने र जलविद्युत लगायतका परियोजना सञ्चालन गरि बढी भन्दा बढी फाइदा हुने गरि कार्य गर्नु जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

केही दिन अघि प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजनाको कार्यालय उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजना निर्माणका लाागि आवश्यक लगानी जुटाउने बताउनुभएको थियो ।

केही वर्षयता राज्यले जलाशययुक्त बुढीगण्डकी परियोजना निर्माणका लागि भन्दै उपभोक्ताहरुबाट पेट्रोल, डिजेल, हवाइ इन्धनबाट प्रति लीटर रु.५ का दरले पैशा उठाइरहेको छ भने सो परियोजना निर्माण स्थलका जनतालाई घर तथा जग्गाको मुआब्जा वितरण गरेको बताइएको छ ।

Leave a Reply