झापामा एमाले अध्यक्ष ओलीको विर‍ोधमा प्रदर्शन

१ नं. प्रदेशको नामाकरण कोशी प्रदेश राखेको विरोधमा संघर्ष गरिरहेका समुदायले पार्टीको ग्रासरुट अभियानको शिलशिलामा झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली विरुद्ध आज झापाको बुधबारेमा कालो झण्डा देखाएर नाराबाजी गरि विरोध प्रदर्शन गरे । सो विरोध प्रदर्शनलाई सुरक्षाकर्मीले रोक्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप भएको थियो । त्यस क्रममा दुई जना सुरक्षाकर्मी सहित केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । त्यसक्रममा एक प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र नेकपा (एमाले) अध्यक्ष ओली त्यहाँक‍ पार्टीको काम सकेर इलामतर्फ लागेको गृह मन्त्री नारायणकाजी श्रेष्ठले आज बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभयो । उहाँले कानुन विर‍ोधी गतिविधि गर्न नदिने बताउदै बार्ताको माध्यमबाट समस्या समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।

त्यस अघि प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सोही पार्टीका अध्यक्ष ओली माथि हातपातको प्रयास भएको सो कार्यको विरोध गरी सरकारले उहँको सुरक्षामा ध्यान नदिएको बताउनुभएको थियो । यसैगरी नेकपा (एमाले)का सांसद रघु जी पन्तले सत्तारुढ नेकपा (माके)का कार्यकर्ताले अध्यक्ष ओली माथि ढुंगामुडा गरेको भन्दै त्यसको भत्सर्ना गर्नुभयो ।

१ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको विरोधमा पहिचानवादी संघ संस्था लगायतले विर‍ोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *