झिगु ख्वप डे नामक म्युजिक भिडियो विमोचन

२०८० बैशाख २ गते शनिबार झिगु ख्वप डे सांस्कृतिक पुचको प्रस्तुती झिगु ख्वप दे नामक म्युजिक भ्युडियोको विमोचन एक समारोहका बीच नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले स्वीच थिची श्री बासु मा.वि. व्यासी , भक्तपुरमा गर्नुभयो । सो अवसरमा उहाँले “गीत, संगीतले विगतका कला, संस्कृति, सम्पदा र घटनाक्रमको प्रतिनिधित्व गर्छ । प्रत्येक नाटक गीतले इतिहास बोकेको हुन्छ । हामीले गरेका कार्यले जरा गाड्नुपर्छ । विरुवालाई बचाएर त्यसबाट फल पाके जस्तै म्युजिक भिडियो पहिलो पाइला होला गन्तव्यसम्म पुग्न- शिखरसम्म पुग्न धेरै गर्न बाँकी छ’, भन्नुभयो । ‘गीत र साहित्यमा आलोचना र आत्मआलोचना आबश्यक छ । आलोचनाबाट साहित्य झन परिस्कृत हुन्छ । जनतको भाषा लेख्नेलाई जनकवि भन्छ’, उहाँक‍ो थप भनाइ छ ।

त्यस अवसरमा जनकवि चन्द्रबहादुर उलकको साहित्य र रचना अध्ययन गरेर थप जनप्रिय साहित्य वा गीत लेख्न लेखक कलाकारले प्रयास गर्नुपर्ने आबश्यकता औल्याउनुभयो ।
श्री बासु मा.वि.का प्राचार्य अम्बिका धौभडेलले सांस्कृतिक परम्परा धर्म संस्क्ृतिको उजागर गर्न म्युजिक भिडियो सफल हुने आशा प्रकट गर्नृुभयो ।
कार्यक्रममा व्यासी सांकृतिक समूहका अध्यक्ष तथा म्युजिक भिडियोका कलाकार राजकुमार लघुले ‘हाम्रा साहित्य तथा गीत रचनाले कामदार वर्गको भावना प्रतिनिधित्व गर्न सके मात्र जनाताको सेवा हुन्छ । त्यसैले हामीले प्रगतिशील साहित्य भण्डारमा बृद्धि गर्ने विभिन्न प्रयास गर्न आवश्यक छ’, भन्नुभयो ।
यस्तै कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवालले भक्तपुर नगरपालिकाबाट आयोजित भजन प्रतियोगिताले जनताको दुःख र बेदना पोखेको छ । यस म्युजिक भिडियोले पनि समाज परिवर्तनको लागि टेवा दिन सकोस् भनी शुभकामना ब्यक्त गर्नुभयो भने म्युजिक भिडियो गीतका रचयिता कुमार लघुले झिगु ख्वप डे म्युजिक भिडियोले यहाँका कला संस्कृति र सम्पदाको शान अझ बढाउने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा म्युजिक भिडियोका कलाकार लक्ष्मण व्याछाले ‘म्युजिक भिडियोले भक्तपुरका जात्रा ,संस्कृति र सम्पदाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप परिचित हुन्छ’, भन्नुभयो ।
कार्यक्रममा रोजी लघुले ‘झिगु ख्वप म्युजिक भिडियोले भक्तपुरको कला, संस्कृति र साहित्य भण्डारणमा फेरि एक व टा इटा थप्ने कार्य गर्छ,’ भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका झिगु ख्वप डे सांस्कृतिक पुचका अध्यक्ष तथा गायक एवंम संगीतकार राजाराम बासीले धेरै कलाकारहरुको मेहनत र प्रयासबाट यो म्युजिक भिडियो बन्नेको चर्चा गर्दै सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा म्युजिक भिडियो विमोचन पछि तयसलाई दर्शकहरु माझ प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *