ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र सोही संघका अध्यक्ष विरुद्ध भ्रामक, झुटो र कपोलकल्पित प्रचार गरिएको भन्दै त्यसको सो संघले भत्सर्ना गरेेको छ । उक्त संघका सचिव श्यामकृष्ण महर्जनले प्रेस विज्ञप्ति जारी गरि यस्ता भ्रामक , झुटा र कपोलकल्पित प्रचारमा सम्लग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारलाई अनुरोध गर्नु भएको छ । नेपालकै पुरानो सहकारी संघको रुपमा रहेको ललितपुर जल्ला बचत तथा ऋण सहकारी संघ लि. आफना सदस्य संस्थाहरुलाई नि:शुल्क र स:शुल्क तालिम प्रदान गर्नुका साथै सहकारीको विकास, प्रवर्द्धन र सम्बर्द्धनका लागि निरन्तर काम गरिरहेको त्यस प्रस विज्ञप्तिमा उल्लेख छ ।






