टिपर आतंक बिरुद्ध सैंबुका युबा एकजुट


आजबाट साविकको सैंबु गा.वि.स. तथा हालको लालित्पुर महानगरपालिका वडा नं. २५ का युवाहरु भैंसेपाटीमा टिपरको ज्यादती बिरुद्ध सडकमा ओर्लिएका छन् । ललितपुर महानगरपालिका वडा नं. १८ मा सी.जी. हिल्सले जब्बरजस्ती टिपर प्रवेश निशेधित बाटोमा मध्यराती टिपर चलाउने गरेपछि स्थानीय र टिपर चालक बीच भनाभन भएपछि भैंसेपटीमा पनि राजन थापा लगायतका स्थानीय युवाहरुबाट टिपर रोक्ने कार्य आजबाट शुरु भएको बताइएको छ ।

यता ललितपुर माहानगर पालिका वडा नं. १८ मा चीधरी ग्रुपले सार्वजनिक बाट‍ोमा आफ्नो हाउजिङमा जब्बर्जस्ती सेटिङ मिलाएर नेपाल सरकारबाट रोक्का गरिएको कित्ताकाटको समयमा घुसपैठ गरी नापी कार्यालय , भूमिसुधार कार्यालय , मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यलायका कर्मचारी समेतको मिलेमत्तोमा ३ आना ३ पैसा ३ दाम पर्ती सार्वजनिक जग्गा कित्ताकाट गरी आफ्नो निजी प्रय‍ोगको लागि बाटो खोली लगेको र टिपर प्रवेश निशेध गरिएको बाटोमा समेत जब्बर्जस्ती स्थानीय प्रहरी तथा स्थानीय वडा समेतको मिलेमत्तोमा नियम कानुनको बेवास्ता गर्दै राती र दिउशो टिपर आतंक मचाएर आफ्नो सामान ओसारपसार गर्दै आएकोमा पटक- पटक टिपरवाला र स्थानीय बीच झडपको स्थिति उत्पन्न हुँदै आएको र स्थानीयबासीले टिपर निशेधित बाटोमा प्रवेश गरका टिपरलाई बीच बाट‍ोमै रोकेर फिर्ता पठाउने गरेको सरोकारवालाहरु बताउछन् । ललितपुर महानगरपालिका वडा नं.१८ का यस अघिका वडाध्यक्ष पुरुषोत्तम खड्का र स्थानीयबासी बीच छलफलपछि सैंबु भञ्ज्याङ जलविनायक बाटोमा टिपर प्रवेश निशेध गरिएको जानकारीमुलक बोर्ड राखिदे आएको बताइएक‍ छ ।

सी.जी. हिल्सले स्थानीय गोदार थापा गुथीलाई एक करोड रुपैया दिएर सो सार्वजनिक प्रती बाटोलाई आफ्नो निजी कायम गरी लाने सहमतीको लागि ललितपुर महानगरपालिका वडा नं. १८ का हालका वडा प्रमुख डामोदर खड्का मार्फत प्रस्ताव पठाएपनि ग‍‍दार थापा गुथीले त्यसमा सहमती दिन नसक्ने भनेपछि सो योजना तुहिएको स्थानीयबासीको भनाइ छ । स्थानीय प्रहरी र वडा प्रमुख दामोदर खड्का सी.सी. हिल्सको खेतालो भएको भन्दै उक्त प्रति सार्वजनिक जग्गा संरक्षणको माग गरी स्थानीयबासीले पुनरावेदन अदालत पाटनमा मुद्धा दायर गरेको जानकारहरु बताउछन् ।

Leave a Reply