टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको एसिया उपाधिको लागि आज नेपाल र ओमान भिड्दै छन् । गत शुक्रबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको सेेमिफाइनल खेलमा यू.ए.ई.(USE) लाई ८ विकेट हराएर नेपाल र काठमाडौंको त्रि.वि.कीर्तिपुर क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले हराएर ओमान टी ट्वाण्टी क्रिकेटको विश्वकपमा छनौट भएका थिए । यी दुई टोली बीच आज विहान ११ बजेबाट काठमाडौंको त्रि.वि. क्रिकेट मैदानमा खेल हुने बताइएको छ । नेपालका लाागि आजको खेल समूह चरणमा ओमानसँगको हारको बदला लिने मौका रहेको जानकारहरु बताउछन् ।

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटमा एसियाका नेपाल सहित ८ देशलाई दुई समूह बनाएर खेेलाइएको थियो । जसमा ओमान र नेपाल लगायतका ४ देश ग्रुप ‘ए’ मा थिए ।

Leave a Reply