डाक्कर कुटिएको घटनाको विरोधमा भोलि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द हुने , राष्ट्रपतिको संघीय संसदको सम्बोधन ओझेलमा

राष्ट्रपति भवनबाट संघीय संसदमा पुगेर संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी त्यहाँबाट राष्ट्रपति भवन फर्किने क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको तडकभडकपूर्ण सवारीका क्रममा सुरक्षाकर्मीले राष्ट्रिय ट्रमा सेण्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको तथा पैदल यात्रीहरुमाथि अभद्र व्यवहार गरेको भन्दै त्यसको विरोध भइरहेको छ । जसका कारण विरोधमा उत्रिएका स्वास्थ्यकर्मीहरुले भोलि आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने भएका छन् । आज नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीको सवारीलाई नजिकबाट नियाल्दै आएका कतिपय मानिसहरु राष्ट्रपति भण्डारीको तडकभडक र उहाँको सवारीको बेला पूरै खाली गरने कार्यले पूर्व राजारानीको सवारीको बेला झझल्को आउने गरेको बताउछन् ।

डाक्टर सिंहको कुटाईको घटनाले राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदका दुबै सदनलाई गरेको सम्बोधन ओझेलमा परेको देखिएको छ । दुई कार्यकाल गरी ७ वर्ष मुलुकको राष्ट्रपति बन्नुभएकी भण्डारीले अन्तिम पटक संघीय संसदलाई सम्बोधन गर्नुभएको थियो । मुलुकमा राजनीतिक परिवर्तन पूरा भई राजनीतिक थिति बसेको अब आर्थिक परिवर्तन हुनु पर्नेमा जोड दिथै उहाँले वैदेशिक व्यापार घाटा कम गर्ने गरी उत्पादनमा जोड दिनु पर्ने र नयाँ योजना बनाउनेतिर लाग्नुको साटो भइरहेका योजनालाई निरन्तरता दिन सरकारलाई सुझाव दिनुभएको थियो ।

यता राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीद्वारा कुटिएर टाउकोमा चोटग्रस्त

बनेका डा.सिंहको राष्ट्रिय ट्रमा सेण्टरमा उपचार भएको बताइएको छ । डा. सिंह माथि कुटपिट गर्ने सुरक्षाकर्मी निलम्वनमा परेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply