त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिले आज य‍ोग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा १५ दिन भित्र दरखास्त पेश गर्न आह्वान गरेको छ । आज पुन प्रकाशन गरेको सूूूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइट (website : moest.gov.np) मा उल्लेख भएको कार्यविधिमा उल्लेखित कागजात सहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा कार्यालय १५ दिन भित्र कार्यालय समयमा मन्त्रालयमा दरखास्त पेश गर्न आह्वान गरेेको उल्लेख छ ।

यस अघि गत शुक्रबार सो समितिले उक्त पदका लागि आह्वान गरेक‍ो सूचनामा त्रिभुवन विश्वविद्यालयको मुख्य ३ पदमध्ये १ पदमा काम गरेको व्यक्तिले मात्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त दिन सक्ने उल्लेख भएपछि त्यसको चर्को विरोध भएको थियो । स‍ोही कारण त्यसैदिन प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो सूचना सच्याएर पुन प्रकाशन गर्न उक्त समितिका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई भनेपछि सो सूचना रद्द गरि आज अर्को सूचना प्रकाशन गरेको बताइएको छ ।

Leave a Reply