दक्षिण बाराही महिला साकोसको आय‍‍ोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिक‍ोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा २०८० बैशाख ३० गते शनिबार भक्तपुरको कटुञ्जेस्थित सुशिल भैरव मन्दिर प्राङ्गढमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो ।

आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर जस्ता विभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरु आयोजना गर्दै आएको सो संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न उक्त रक्तदान कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गर्नुभयो । उक्त संस्थाकी सचिव पार्वती घिमिरे भण्डारी संयोजक रहेको स्वास्थ्य उपसमितिको संयोजनमा सम्पन्न यस रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई सोही संस्थाकी उपाध्यक्ष शारदा अधिकारी थापाले प्रमाण-पत्र प्रदान गर्नुभयो । यो अवसरमा उपाध्यक्ष थापाले रक्तदाता सहित यो रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी ,भक्तपुर शाखा र नेपाल रेडक्रस सोसाइटी, कटुञ्जे उपशाखासँगको समन्वयमा यो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

‘समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्थाको तरलता र वित्तीय अवस्था राम्रो छ’, त्यसै संस्थाकोव्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *