द‍ोश्रो पटक क‍‍‍ोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई विश्वासको मत लिने चुनौती

अन्तत: सर्वोच्च अदालतको परमादेशबाट बुधबार नेपालको संविधानको धारा १६८ (३) अनुसार नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता हिक्मतकुमार कार्की द‍ोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । बुधबार उहाँलाई क‍ोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा ग‍ोपनियताको सपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री रहेको ५ मन्त्रीपरिषद गठन गर्नुभयो । सो मन्त्री परिषदमा नेकपा (एमाले)का क‍ोशी प्रदेश सभा सदस्य रहेका तिलकुमार मेनाङ्बोलाई उर्जा मन्त्री , पाचकर्ण राईलाई भौतिक पूर्वाधार मन्त्री , एकराज कार्कीलाई वन मन्त्री र सुजना राईलाई सामाजिक विकास मन्त्रीक‍ो जिम्मेवारी दिएको छ । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख खनपुडबाट र राज्यमन्त्रीले मुख्यमन्त्री कार्कीबाट पद तथा ग‍ोपनियताक‍ो सपथग्रहण गरी बुधबार नै पदभनर सम्हाल्नुभयो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८(४) अनुसार ३० दिन भित्र कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने बाध्यता छ , जो मुख्यमन्त्री कार्कीका लागि ठूलो चुनौती हो तर मुख्यमन्त्री कार्कील सबै दलका नेताहरुसँग छलफल गर्ने बताउनुभएको छ । यता सर्वोच्च अदालतको आदेशले द‍ोश्रो पटक पनि क‍‍ोशी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका नेपाली कांग्रेसका नेता उद्धव थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कोशी प्रदेशमा सहकार्य हुन पनि सक्ने बताएपनि नेपाली कांग्रेसका क‍ोशी प्रदेश सभा दलका प्रमुख सचेतक भुपेन्द्र राईले १ महिना पछि कोशी प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्नुभएको छ ।

Leave a Reply