दोश्रो सीएनआईवाईईएफ स्टार्टअप फेष्ट आगामी पुष ७ गते काठमाडौंमा हुने

नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेष्ट सीएनआईवाईईएफ स्टार्टअप फेष्ट -२०२३ आयोजना गर्न लागेको जनाइएको छ ।

नेपाल उद्योग परिसंघले जारी गरी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेण्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट- २०२३ आयोजना गर्न लागिएको जनाएको छ । सो प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ” नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको बताइएको छ ।
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ । स्टार्टअप प्रबर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट -२०२३ मा २ सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन् । पुँजी लगानीका लागि टेलि भेञ्चर, एनआईएमबी एस क्यापिटल, रिलायबल भेञ्चर, लोटस होल्डिङ, अल्फा प्लस भेञ्चर, हिमालयन क्यापिटल, टिम भेञ्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेण्ट र नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन् ।
स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने फेष्टमा विभिन्न विषयमा प्यानल डिस्कसन (Panel Discussion) हुनेछ । साथै स्टार्टअपहरुले लनइभ पिचिङ (Live pitching) गर्नुका साथै रोबोटिक फुटबल (Robotic Football), रोब‍वार (Robowar) र लाइभ म्युजिकल कन्सर्ट (Live Musical Concert) हुनेछन् । यसैगरी मेक इन नेपाल (Make in Nepal) स्वदेशी अभियानमा आवद्ध स्वदेशी कम्पनीहरुको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना बस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन् ।
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ को टाइटल स्पोन्सरमा नबिल बैक लिमिटेड रहेको छ । यसैगरी स्पोन्सर कम्पनीहरुमा आरएमसी ग्रुप (RMC Group), एईसीसी ग्लोबल नेपाल प्रा.लि. (AECC Global Nepal Pvt. Ltd.), यामाहा (Yamaha), सेरेज ईभ (Seres EV), आईएमई पे (IME Pay), बोट लाइफष्टाइल (Boat Lifestyle), बुडवेजर ( Budweiser) र टर्किस एयरलाइन्स (Turkish Airlines) छन् । यस्तै विकास साझेदारहरुमा एम्बेसी अफ इण्डिया (Embassy of India), युएसआइडी(USAID), त्तईएलओ (ILO) र युरोपियन युनियन (European Union)ले सहयोग गरेका छन् ।
सीएनआईवाईएएफ स्टार्टअफ फेष्ट -२०२३(CNIYEF StartUp Fest- 2023) मा खल्ती (Khalti), सोल्टी (Soaltee), एनपीईए (NPEA), पाइनियर ल फर्म (Pioneer Law Firm), आईआईडीई (IIDE), फुजिमाचाइनिज (Fusemachines), दी हिमालयन टाइम्स (The Himalayan Times), न्युज२४ (News24), खाली सिसि (Khalisisi), भीयसा मिडिया (Vyasa Media), भीएस इण्टरनेशनल कलेज (VS International College), नेशनल कलेज अफ कम्युटर स्टटिज (National College of Computer Studies), डीएभी कलेज (DAV College) र एस इन्चिच्युट अफ म्यानेजमेण्ट (ACE Institute of Management) ले विभिन्न शीर्षकमा सहकार्य गरेका छन् ।
सीएनआईवाईइएफ स्टार्टअप फेष्टको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो । सो फेष्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएका थियौं ।”

Leave a Reply