नक्कली नोट बोकेर सामान किन्न गएका युवा काठमाडौंको सरस्वतीनगरबाट पक्राउ

१,००० रुपैया नक्कली नोट बोकेर काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरस्थित एक पसलमा सामान किन्न गएका एक युवा पक्राउ परेका छन् । आफ्नो पसलमा सामान खरीद गर्दा ती युवाले नक्कली नोट दिएको पत्त‍ो पाएपछि छरछिमेकको सहयोगमा पसलेले ती युवालाई समातेर प्रहरीलाई बुझाएका थिए । ती युवालाई पक्राउ गर्न पुगेका एक प्रहरीले ती युवा यस अगाडि पनि नक्कली नोटको थुनामा परेर छुटेको बताए । प्रहरीले पक्राउ गरेका ती युवाले आफू गैहीगाउँबाट सरस्वतीनगरमा पुुगेको बताएका थिए ।

Leave a Reply